
२२ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाल पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइतबार भएको समूह ए को खेलमा माल्दिभ्सलाई ७६-६२ ले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । नेपालको लागि असिम श्रेष्ठले सर्वाधिक १८ स्कोर गरे ।
यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसांग ६७-६१ ले पराजित भएको थियो । समूह ए बाट बंगलादेश समूह विजेता र नेपाल समूह उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् । नेपालले अब सेमिफाइनलमा सोमबार भारतसंग खेल्नेछ । भारत समूह बी को विजेता हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4