+
+
Shares

लागूपदार्थ बनाउने रसायनसहित काठमाडौंमा चिनियाँ नागरिक पक्राउ

न्यूजील्याण्ड लैजान लागेको वयान

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १४:४७

२२ मंसिर, काठमाडौं । लागू पदार्थ बनाउने रसायन नेपालबाट न्युजील्याण्डतर्फ लैजान लागेका चिनियाँ नागरिक काठमाडौंमा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका १६ को एक कार्गोबाट ल्याएको ४ किलो २ सय ग्राम इफेड्रिनसहित चिनियाँ नागरिक झाङ चाओलाई शुक्रबार पक्राउ गरेको हो ।

चिनियाँ नागरिकले निलो रङको कागजको डिब्बामा भित्र रंगीन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेममा फल्स बटम बनाई लुकाई लागू औषध बनाउने उक्त सहायक रसायन ल्याएका ब्यूरोका एसपी वीरेन्द्र रावलले जानकारी दिए ।

चीनको सिचुवानका चाओ १५ नोभेम्बरमा पहिलो पटक काठमाडौं आएका थिए । उनले आफैले प्याकेजिङ गरेर न्युजील्याण्ड पठाउन खोजेको प्रहरीसमक्ष बताएका छन् । लागू औषध ओसारपसार गर्ने सञ्जालको खोजी भइरहेको ब्यूरोका एसपी रावलले बताए ।

चिनिया नागरिकबाट बरामद इफेड्रिनको चीनमा नेपाली मूल्य २ लाख २५ हजार रुपैयाँ र न्युजील्याण्ड पठाउँदा ५० लाख रुपैयाँ बराबरको हुन आउने प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?