+
+

ग्लोबल आइएमईका सीईओ क्षेत्रीद्वारा पद बहाली

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १९:५२

२२ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कु‌ंवर क्षेत्रीले शुक्रबारदेखि पद बहाली गरेका छन्। ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु भएको हो।

तीन दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका क्षेत्री २०७४ साल असार १ गतेदेखि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत थिए। यसअघि उनले तत्कालिन बैंक अफ एसिया र ग्राण्ड बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गरिसकेका छन्।

वि.सं. २०४२ सालदेखि तत्कालिन ग्रिनलेज बैंकबाट बैंकिङ्ग क्यारियर सुरु गरेका क्षेत्रीले तत्कालिन सरकारले विदेशी विज्ञहरु समेतको सहभागितामा गठन गरेको नेपाल बैंक लिमिटेडको वित्तीय सुधार कार्यक्रमको टिममा रहेर करिब तीन वर्ष ६ महिना कार्य गरेका थिए।

गत शुक्रबार सम्पन्न भएको मर्जरको औपचारिक कार्यक्रम पश्चात बैंकका अध्यक्ष  चन्द्रप्रसाद ढकालले क्षेत्रीलाई पद बहाली गराएका हुन्।

एकिकृत ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजीकोष रु. २४ अर्ब, कुल निक्षेप २१३ अर्ब, कुल कर्जा १९४ अर्ब भन्दा बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?