Comments Add Comment

२८ दिनपछि अस्पतालबाट डिस्चार्ज भइन् लता मंगेश्कर

बलिउड चलचित्रको पाश्र्व गायनमा एउटा छुट्टै उचाई बनाएकी गायिका लता मंगेश्कर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनको २८ दिनसम्म अस्पतालमा उपचार भएको थियो । २८ दिनपछि आफ्नो निवास प्रभु कुञ्जमा फर्किदै गर्दा उनलाई उनका फ्यान र आफन्तले स्वागत गरेका थिए ।

तर, लताको परिवारले अहिले उनका आफन्तलाई नै भेटघाट गर्न दिएको छैन । केही समयका लागि उनले उनलाई भेट्न पुग्ने कोहीसँग पनि भेट नगर्ने बताइएको छ ।

उनलाई नोभेम्बर ११ मा अस्पतालमा भर्ना गरिएको थियो । फोक्सोमा गम्भिर संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । सामाजिक संजालमा उनको मृत्युको हल्ला समेत फैलिएको थियो ।

लत्ताले भने सामाजिक संजालमा आफ्नो मृत्युको हल्ला चलेपनि यसले आफूलाई अझै केही बर्षका लागि जीवन दिएको उल्लेख गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment