Comments Add Comment

मनोजलाई एप्पल एजुकेशनको ३ लाख सहयोग

२३ मंसिर, बुटवल । रकम अभाबमा पढ्नबाट बञ्चित हुने अवस्थामा पुगेका अर्घाखाँचीका मनोज बिकलाई एप्पल एजुकेशन एकेडेमीले ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान अन्तर्गत वन विज्ञान पढ्न लाग्ने तीन लाख रुपैयाँको चेक एकेडेमीले मनोजलाई हस्तान्तरण गरेको हो ।

बुटवलमा रहेको सोही एकेडेमीमा मनोजले वन विज्ञानको तयारी कक्षा लिएका थिए । उनले आंशिक शुल्कमा पढ्न पाउने गरी नाम निकाल्न सफल भए पनि आर्थिक अभाबले पढ्न सक्ने अबस्था थिएन ।

आर्थिक अभाबले कसैले पढ्नबाट बञ्चित हुन नपरोस भनेर आफूहरुले सहयोग गरेको एकेडेमीका म्यानेजिङ डाइरेक्टर अशोक पराजुलीले बताए ।

आगामी वर्षमा पनि २ जनालाई पूर्ण छात्रबृत्ति दिइने एकेडेमीका अध्यक्ष डा. निसिम भुसालले बताए । रकम पाएपछि आफ्नो अध्ययनको सपना पूरा हुने विद्यार्थी बिकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment