
२३ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । साग महिला फुटबलको फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन् ।
पोखरामा भएको फाइनल हारसँगै नेपालले तेस्रो पटक रजतमा चित्त बुझाउनु परेको छ । खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले भने, ‘गोल्डको टार्गेट लिएर हिँडेको हुँ । यो पूरा गर्न नसक्दा मैले नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु ।’
खड्काको प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँगै हारेको थियो ।
फाइनलमा नेपालले पाएको अवसरलाई सदुपयोग गर्न नसकेको तर भारतले पाएको दुबै अवसरमा गोल गरेको उनले सुनाए। ‘डिफेन्स र गोलकिपरबीच कम्युनिकेशन ग्याप भएका कारण गोल हुनपुग्यो । अर्को गोल पनि हाम्रै कमजोरीमा भयो,’ उनले भने ।
समग्र प्रतियोगताले नेपालको स्ट्राइकिङ जोनमा अझै सुधार गर्नुपर्ने देखिएको खड्काले सुनाए ।
तस्वीर: युनिस गुरुङ
प्रतिक्रिया 4