Comments Add Comment

अक्सफोर्ड युनियनमा अनुष्कालाई प्रश्नः ‘के सुन्दरताले पुरस्कार पाउँछ’ ?

‘मिस वर्ल्ड’को प्रतिष्पर्धाको लागि विभिन्न देशबाट प्रतिनिधित्व गरेका १२४ सुन्दरीले अक्सफोर्ड युनियन भ्रमण गरेका छन् । अक्सफोर्ड युनियनमा पुगेर सुन्दरीहरुलाई विभिन्न प्रश्न सोधियो र त्यसमा वादविवाद गर्न लागाइएको थियो ।

नेपालबाट प्रतिनिधित्व गर्दै मिस नेपाल अनुष्का श्रेष्ठ पनि सहभागी भइन् । अनुष्कालाई प्रश्न गरियो–‘के सुन्दरताले पुरस्कार पाउँछ?’

यो प्रश्नमा अनुष्काले सुन्दरताले मात्र पुरस्कार पाउन नसक्ने बताएकी छिन् । उनले भनेकी छिन्–‘सुन्दरता भनेको प्रतिबिम्ब मात्र हो । यो हरेक मान्छे अनुसार फरक फरक हुन्छ । बाहिरी आवरण हेरेर मात्र सुन्दरताको मुल्याङ्कन गर्न मिल्दैन । सुन्दरता त्यही हो जसले तपाईलाई खुसी बनाउँछ ।’

अनुष्काले आफूले टाइटल जित्नका लागि मिहिनेत गरिरहेको बताएकी छिन् । उनी मल्टिमिडिया अवार्डको उत्कृष्ट ३ मा छन् । अनुष्काले नेपालीहरुसँग भोटका लागि आग्रह पनि गरिरहेकी छिन् ।

डिसेम्बर १४ मा बेलायतमा आयोजना हुने यो प्रतिस्पर्धाले विश्वको ध्यान तानेको छ । नेपालकी सुन्दरीको प्रतिस्पर्धा नेपालीहरुका लागि चासोको बिषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment