Comments Add Comment

एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

२३ मंसिर, सिराहा । सिराहामा एम्बुलेन्सले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका छन् ।

जिल्लाको गोलबजार नगरपालिका ४ स्थित पूर्व–पश्चिम राजमार्गमा स १ च ६९३ नम्बरको एम्बुलेन्सले विपरीत दिशातर्फ आउँदै गरेको स ६ प ८०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करले मोटरसाइकलमा सवार सिरहा नगरपालिका १२ निवासी ३५ बर्षीय विष्णु महरा र २४ बर्षीय राकेश मण्डलको ज्यान गएको छ । गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि विराटनगरतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

उक्त दुर्घटनामा सिरहा १२ कै जयनारायण मण्डल घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । ठक्कर दिने एम्बुलेन्स तथा चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment