Comments Add Comment

लम्साललाई डा. अम्वेडकर अवार्ड

२३ मंसिर, काठमाडौं । भारतीय न्यायविद् एवं राजनीतिज्ञ डा. भिमराव अम्वेडकरको नामबाट स्थापित अवार्ड नेपाली सञ्चारकर्मीले प्राप्त गरेकी छन् ।

अम्बेडकर अवार्ड २०१९ बाट सञ्चारकर्मी आरती लम्साल सम्मानित भएकी हुन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहमा भारतीय अकादमीले डा. अम्बेडकर कलाश्री अवार्डबाट लम्साललाई सम्मान गरेको हो ।

जातीय विभेदको अन्त्य र महिला सशक्तिकरणमा योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको जनाएको छ ।

जातीय विभेदविरूद्ध अन्तरजातिय विवाह गरेकी लम्सालले पछिल्लो समय विभेदविरूद्धको अभियान समेत चलाइरहेकी छन् ।

कार्यक्रमा डा अम्बेडकर एक्सिलेन्सी सर्भिस अवार्डबाट सामाजिक अभियन्ता बिमला गौचन सम्मानित भइन् ।

अग्रज समाजसेवी गौचन एकल महिला समूह म्याग्दीकी अध्यक्ष हुन् ।

यसैगरी समाजसेवीहरू सुशीला कट्टेल गैरे र राजकुमार सुनार पनि सम्मानित भएको नेपाल अकादमीका अध्यक्ष ठाकुरचन्द्र गहतराजले जानकारी दिए ।

भारतका केन्द्रिय सामाजिक न्याय मन्त्री एवं राज्य सभा सांसद डा. सत्यनारायण जाटियाले अवार्ड वितरण गरेका थिए ।

भारत, नेपाल लगायत दक्षिण एसियाका सञ्चार, मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा योगदान पर्याउने व्यक्तिलाई संस्थाले प्रत्येक बर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment