+
+
Shares

प्रभु बैंक र गोर्खा सत्याग्रह समितिबीच ‘प्रभु स्पेसल सेभिङ’ खाता सञ्चालन सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २३ गते १७:५२

२३ मंसिर, काठमाडौं ।  गोर्खा सत्याग्रह समिति नेपाल र प्रभु बैंक लिमिटेडबीच ब्रिटिस सेनामा कार्यरत र पूर्व सैनिकका लागि ‘प्रभु स्पेसल सेभिङ’ खाता सञ्चालन सम्झौतामा सम्पन्न भएको छ।

समितिका तर्फबाट अध्यक्ष कृष्णबहादुर राई र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

गोर्खा सत्याग्रह समितिका सदस्यहरुले प्रभु बैंकमा स्पेसल सेभिङ खाता खोल्ने र ब्रिटिस सरकारबाट प्राप्त गर्ने पेन्सन रकम सिधै प्रभु बैंकको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने गरी सम्झौता गरिएको बैंकले जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले ब्रिटिस गोर्खा सैनिकको पेन्सन रकम विभिन्न व्यवसायका क्षेत्रमा लगानी गर्ने र बैंकमा खाता खोलेर पेन्सन बुझ्न थालेपछि विभिन्न सेवा उपलब्ध गराउने उद्देश्यले यो सम्झौता गरिएको बताए।

बहालवाला र भुतपूर्व दुवै ब्रिटिस सैनिकहरुले शुन्य मौज्दातमा खाता खोल्न सकिने वार्षिक ६ दशमलव ५ प्रतिशत ब्याजदर दिने जनाएको छ। यो सम्झौताबमोजिम खाता खोल्ने सैनिकहरुले लकर सेवावापत लाग्ने शुल्क, ड्राफ्ट, ट्राभलकार्ड तथा मोबाइल बैंकिङ उपभोग गरेवापत लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । साथै प्रभु स्पेसल खातामा सम्बन्धित सैनिकको पहिलोपटक पेन्सन जम्मा हुनासाथ ६ महिनाको पेन्सन रकम बराबर वा ५ लाख रुपैयाँसम्म जुन कम हुन्छ, सो रकमसम्म बिनाधितो व्यक्तिगत कर्जा दिइने पनि बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?