Comments Add Comment

भ्रमण वर्षमा हेलिकप्टरलाई निषेधित क्षेत्र खोल्न माग

२३ मंसिर, काठमाडौं । वायुसेवा सञ्चालकहरुले नेपाल भ्रमण वर्ष २०२० भर निषेधित क्षेत्रमा निजी हेलिकप्टर निर्वाध हेलिकप्टर उडानको अनुमति दिन माग गरेका छन् ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वायुसेवा संचालक संघ (आयोन)मा आवद्ध कम्पनीका प्रतिनिधिसँग भ्रमण वर्ष २०२० को सन्दर्भमा छलफल गरेका छन् । छलफलमा वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले भ्रमण वर्ष अवधीभर निषेधित क्षेत्रमा हेलिकप्टर कम्पनीलाई निर्वाध सञ्चालनको अनुमति दिन माग गरे ।

लुक्ला जाने पर्यटक रामेछाप विमानस्थल हुँदै जाने भएकाले काठमाडौंदेखि रामेछापसम्मको सडक स्तरोन्नति गर्न पनि उनले सुझाव दिए ।

छलफलमा मन्त्री भट्टराईले वायुसेवा सञ्चालकलाई विशेष छुट, प्याकेजलगायत कार्यक्रम बनाउन आग्रह गरेका थिए । भ्रमण वर्षको उद्घाटनमा ‘एयर सो’ लगायत सिर्जनात्मक सहयोग गर्न पनि उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment