+
+

एनआईसी एशिया लघुवित्तको साधारणसभा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते ९:५२

२४ मंंसिर, काठमाडौं । एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्तको दोस्रो साधारणसभा सोमवार काठमाडौंमा सम्पन्न भएको छ । संस्था सञ्चालक समितिका अध्यक्ष अर्जुनराज खनियाकोे अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आव.२०७५/७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायलगायतका कार्यालयबाट आवश्यक स्वीकृति प्राप्त भएपश्चात् सर्वसाधारणहरूका लागि प्राथमिक शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सभाले संस्थाको अध्यक्षमा कपिल ढकाललाई चयन गरेको छ, उनी हाल एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । सोमवारै ढकालले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालबाट पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरे । संस्थाका १९ जिल्लामा ६१ शाखा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?