Comments Add Comment

बालबालिका एक्लै सुत्नु राम्रो कि आमाबुवासँग ?

नवजात शिशु तथा स-साना बच्चाहरुलाई आफुसंग सुताउने कि आफुभन्दा अलग ?

आमा र बच्चाको लागि स्वास्थ्यका दृष्टिकोणले बच्चाहरुलाई प्रारम्भदेखि नै  अलग्ग सुत्ने बानी बसाल्नु पर्छ । त्यसो गर्दा विभिन्न किसिमको फाइदा हुन्छन् । बच्चा अलग सुत्नाले आमाको स्वास्थलाई फाइदा पुग्छ । बच्चा पनि फराकिलो ओछ्यानमा आनन्दसंग सुत्न सक्छ । त्यसैले आमा बच्चा दुवैको स्वास्थ्य राम्रो हुन्छ ।

यसको विपरीत बच्चा आमासंग सुत्नाले आमा तथा बच्चालाई उनको हात खुट्टाले थिच्ने होकि भन्ने चिन्ताले सताइरहन्छ ।

आमाको लागि पर्याप्त निद्रा आवश्यक

कहिलेकाहीँ आमा गहिरो निद्रामा भएकाले आमाको हात बच्चाको मुखमा परेकाले निस्सासिएर बच्चाको मृत्यु भएका खबरहरु सुनिन्छ । त्यसैले यदि बच्चा भिन्दै सुत्यो भने आमा आरामसंग  सुत्न सक्छिन् । आमाका लागि पनि पर्याप्त निद्रा आवश्यक हुन्छ । दिनभरी काम गरेपछि निश्चिन्त भएर सुत्नु अति नै आवश्यक हुन्छ ।

तर बच्चालाई अलग सुताउनुको अर्थ नवजात शिशूलाई नै अलग सुताउनु भन्ने होइन । यस्तो गर्नु र सोच्नु एकदम गलत कुरा हो । यस्तो गर्नु नवजात शिशूका लागि अहितकर हुन्छ ।

प्रायः बच्चा राति सुतेको बेलामा चलेर ओड्नी फ्याँक्ने गर्छन् । त्यसैले आमासंग सुत्दा आमाले उनलाई रातभरी ओड्नी ओडाइरहन्छिन् र नवजात शिशूलाई जुन प्रकारको तापक्रमको आवश्यकता पर्छ, त्यो आमाको शरीरबाट प्राप्त हुन्छ । त्यसबाहेक बच्चाहरुले यो उमेरमा पटक-पटक पिसाब फेरेर लुगा भिजाउने गर्छन् र उनीहरुलाई छिट्टो-छिट्टो भोक पनि लाग्छ । बच्चासंगै सुत्दा आमाले सजिलै स्तनपान पनि गराउन सक्छिन् ।

किशोर बालबालिकालाई संगै सुताउनु हुँदैन

बच्चालाई कम्तिमा पनि वर्ष दिन भरी आफुसंग सुताउनु पर्छ । त्यसपछि बच्चालाई आफ्नो बराबर भएको ओछ्यानमा सुताउनु पर्छ । राती समय-समयमा उठेर उसलाई हेर्नु पर्छ, उसले पिसाब फेरेको छ कि, सिरक फ्याँकेको छ कि भनेर हेर्नु राम्रो हुन्छ ।

धेरै आमाहरु ७-८ वर्षसम्म पनि आफ्ना बालबालिकालाई आफुसंग सुताउँछन् । यदि सबैभन्दा सानो र त्यसमा पनि छोरा छ भने त आमाहरु ११-१२ बर्षसम्म पनि आफुसंगै सुताउने गर्छन् । तर यो उमेरका बालबालिकालाई आफुसंग सुताउनु आमा र बच्चा दुवैका लागि अहितकर हुन्छ ।

६ देखि ८ महिनापछि बच्चालाई आफु भन्दा अलग सुताउन थाल्नु पर्छ । यसो गर्दा बच्चामा शुरुबाट नै अलग सुत्ने बानी हुन्छ र उनीहरुलाई आरामका साथ फैलिएर सुत्ने बानी पनि हुन्छ । जब बच्चा ८-९ वर्षको हुन्छ । उसलाई भिन्दै अथवा आफ्नै कोठामा सुताउनु पर्छ । बच्चाको कोठा तपाईंको कोठाबाट नजिक हुनु पर्छ । त्यसो हुँदा विस्तारै-विस्तारै उसको डर पनि कम हुन थाल्छ ।

सानैदेखि अलग सुत्ने बानी बसाल्नु पर्छ

बालबालिकाको कोठामा उनीहरुले पढ्ने मेच र टेवल पनि राखिदिनु पर्छ । राती हल्का प्रकाश दिने बल्ब पनि बालिदिनु पर्छ । १-२ वटा सुन्दर तथा आकर्षक क्यालेन्डर पनि यदि उनीहरुको कोठामा टाँगिदिनाले राम्रो देखिन्छ । यो कोठा उसको हो भनेर तपाइर्ंले भनिदिनु पर्छ । त्यहाँ उनीहरु आरामसंग पढ्न पनि सक्छन र उनीहरुलाई त्यहाँ कसैले दुःख पनि दिँदैन ।

सुत्दा आफ्नो कोठाको ढोका बन्द गर्नु हुँदैन । तपाईं  र बच्चाको कोठा बीच एउटा पर्दा भने लगाउनु पर्छ ।

यदि तपाईसंग एउटा मात्र कोठा छ भने त्यसको अस्थाई विभाजन गर्न सकिन्छ । एकातिर श्रीमान्-श्रीमतीले आफ्नो ओछ्यान राख्ने र अर्कोतिर आफ्ना बच्चाको । हिजोआज २ भन्दा बढि सन्तान हुँदैन । त्यसैले सानो परिवार हुनाले तपाईंको गुजारा सजिलै हुन सक्छ ।

अलग सुताउनु लाभदायक

बच्चाहरुको ओछ्यान अलग गर्नु शारीरिक र मानसिक दुवै दृष्टिकोणले लाभदायक छ । शारीरिक दृष्टिकोणको अर्थ तपाईंहरुको गोप्य क्रियाकलापमा कुनै किसिमको बाधा हुँदैन ।

सम्बन्धहरुको सुमधुरताका लागि

समय-समयमा श्रीमान्को शारीरिक इच्छा पुरा गर्दा श्रीमान्ले ताजापनको महसुस गर्छन् । यसले तपाईंको श्रीमान्ले आफुलाई युवा जस्तै महसुस गर्छन् जसका कारण उनी उत्साह पुर्वक काम गर्न सक्छन् ।

बढ्दो उमेरसंगै श्रीमान्-श्रीमतीसंगको सम्पर्कका लागि तिव्र रुपमा लालायित हुन्छन् । इच्छापूर्ति नहुनाले उसमा चिडि्चडाहट उत्पन्न हुन्छ । उनी कुरै-कुरामा झगडा गर्न थाल्छन्,जसको प्रभाव श्रीमतीसंगै ठुलो भएर बच्चाहरुमा पनि पर्छ ।

धेरै श्रीमतीहरु अब ठुलो भएँ भन्ने सोच्छन् । त्यसैले अब यस्तो गतिविधि शोभा दिँदैन भन्ने सोच्छन् । के सम्पूर्ण उमेर यस्तै हुन्छ भन्ने सोच्नु गलत कुरा हो । बालबालिका ठुलो हुनुको अर्थ श्रीमान्-श्रीमतीको सम्बन्ध समाप्त हुनु भन्ने होइन । प्रायः श्रीमतीहरु छिट्टै शारीरिक सम्बन्धहरुबाट वाक्क हुन्छन् र आफ्नो सम्पुर्ण ध्यान घर-गृहस्थी र बच्चामा लगाउँछन् । यसो गर्दा श्रीमान्ले आफुलाई अपेक्षित सोच्न थाल्छन् र उनीहरु धेरै समय घरबाट बाहिर बस्न थाल्छन् । सुखी पारिवारिक जीवनमा त्यस्तो हुनु हुँदैन ।

यस्तो स्थितिलाई टाल्नका लागि तपाईंले शुरुबाट नै बच्चालाई अलग सुताउने बानी बसाल्नु पर्छ । जसले गर्दा श्रीमान्-श्रीमतीको सम्बन्ध सुमधुर बन्छ र बच्चाले पनि कुनै गलन धारणा राख्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment