+
+
Shares

नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरीयता

बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरूबीच भएको छलफलमा खनाललाई तेस्रो वरियता दिनेगरी सहमति भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १४:५४

१९ कात्तिक, काठमाडौं । बुधबार घोषणा गर्न लागिएको नेपाली कम्युनिस्ट पार्टीमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तेस्रो वरियता पाउने भएका छन् ।

बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरूबीच खनाललाई तेस्रो वरियता दिनेगरी सहमति भएको हो ।

स्रोतका अनुसार, यसअघि बामदेव गौतमलाई तेस्रो वरियतामा राखिएको थियो । विभिन्न घटकबीच हुन लागेको एकताप्रति खनालले असन्तुष्टि जनाएका थिए ।

अन्तत: उनी भृकुटीमण्डपमा आयोजित घोषणा सभामा सहभागी हुन पुगेका छन् ।

एकता वार्तामा सहभागी एक नेताका अनुसार, बुधबार बिहानमात्रै भएको छलफलमा खनाल तेस्रो वरियतामा बसेर नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन सहमत भएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीमा प्रचण्ड पहिलो, माधव कुमार नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, बामदेव गौतम चौथो र नारायणकाजी श्रेष्ठ पाँचौं वरियतामा रहने भएका छन्  ।

खनालले हिजोमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए । पार्टी निर्णयमा आपत्ति जनाएका खनालले सुरुमा पार्टी पुनर्गठनको प्रक्रियामा लाग्ने बताएका थिए ।

यद्यपि अन्तिम समयमा उनी प्रचण्ड–माधव समूहतिरै लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?