+
+
Shares

सार्वभौमसत्ता संकटमा छ: सुवास काफ्ले

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जन समाजवादी पार्टीका अध्यक्ष सुवास काफ्लेले मुलुकको सार्वभौमसत्ता संकटमा रहेको बताएका छन्।
  • उहाँले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूमि अरुको नियन्त्रणमा रहेको उल्लेख गरे।
  • अध्यक्ष काफ्लेले सबै चुनौतीको सामना गर्न एकीकृत पार्टी सक्षम हुने विश्वास व्यक्त गरे।

१९ कात्तिक, काठमाडौं । जन समाजवादी पार्टीका अध्यक्ष सुवास काफ्लेले मुलुकको सार्वभौमसत्ता संकटमा रहेको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले कालापानी, लिपुलेक, लिपिम्याधुरा जस्ता नेपाली भूमि आज अरुको नियन्त्रणमा रहेको बताए।

‘हाम्रो देशको सार्वभौमसत्ता संकटमा छ। देशको भूभाग अरुको नियन्त्रणमा राखेको छ,’ उनले भने, ‘कालापानी, लिपुलेक, लिम्पियाधुराले हामीलाई हेरिरहेका छन्। हामीले बनाएको नक्साअनुसारको जमिन फिर्ता ल्याउने कि अरुलाई प्रयोग गर्न दिइरहने भन्ने सबैभन्दा ठूलो चुनौती हाम्रो सामु छ।’

उनले प्रत्येक नेपालीको अनुहारमा खुसी ल्याउने अभिभारा अब एकीकृत पार्टीले पूरा गर्नु पर्ने बताए

‘कम्युनिष्ट पार्टी सामु चुनौतीका पहाड नै खडा छन्। प्रत्येक नेपाल्किो अनुहारमा कसरी खुसी ल्याउने? कसरी सबै नेपालीलाई समृद्ध र सुखी बनाउने भन्ने चुनौती पनि प्रमुख रहेको छ, उनले भने।

अध्यक्ष काफ्लेले सबै चुनौतीको सामना गर्न एकीकृत पार्टी सक्षम हुनेछ विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?