+
+
Shares

पर्सामा पाँचवटा अवैध घरेलु मदिरा भट्टी नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते १६:३४

२४ मंसिर, वीरगञ्ज । पर्सामा अवैध रुपमा सञ्चालित पाँच वटा मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मंगलबार सखुवा प्रसौनी गाउँपालिकामा अवैध रुपमा सञ्चालित घरेलु मदिरा भट्टी नष्ट गरेको हो ।

पर्सा सखुवाप्रसौनी-२ महुवन बस्ने वीरेन्द्र चमार, ओम कलवार, जटा शंकर कलवार, मगर माझी र सुगेन्दर माझीले सञ्चालन गरेको मदिरा भट्टी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरीया र पटेर्वासुगौलीबाट संयुक्त टोली मदिरा भट्टी नष्ट गर्न महुवन पुगेको थियो ।

त्यसक्रममा तयारी घरेलु मदिरा ५० लिटर र एक हजार पाँच सय लिटर मदिरा बनाउन राखिएको कच्चा पदार्थसमेत नष्ट गरिएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?