Comments Add Comment

महिलाद्वारा आत्महत्या, राजमार्गमा चक्काजाम

२४ मंसिर, जनकपुरधाम । कामबाट हटाइएकी महिलाले आत्महत्या गरेपछि सिराहामा प्रदर्शन भएको छ । आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै सिराहास्थित सिमेन्ट उद्योग व्यवस्थापनविरुद्व मंगलबार साँझ प्रदर्शन गरिएको छ ।

गोलबजार नगरपालिकास्थित सिमेन्ट उद्योगले कामबाट हटाएकी मजदुर अनिता पासवानले आत्महत्या गरेपछि मजदूरहरुले पूर्व पश्चिम राजमार्गमा चक्काजाम गर्दै सिमेन्ट उद्योगबिरुद्व प्रदर्शन गरेका हुन् ।

पासवानले आत्महत्या गरेको खबर पाएपछि उद्योगका मजदुरहरु कामकाज छाडेर प्रदर्शनमा उत्रेका थिए । उनीहरुले साँझ उद्योग अगाडि प्रदर्शन गर्दै एक घण्टा चक्काजाम गरेका छन् ।

विगत दुई बर्षदेखि मारुती सिमेन्ट उद्योगमा कार्यरत पासवानलाई कामबाट हटाएकाले आत्महत्या गरेको भन्दै कामबाट निकाल्नेलाई कारबाही र पीडित परिवारलाई क्षतिपुर्ती दिनुपर्ने मजदुरहरुले माग राखेका छन् ।

बुधबार बिहान बसेर यस सम्बन्धमा छलफल गर्ने मजदूर र उद्योग प्रशासनबीच सहमति भएपछि चक्काजाम खोलिएको छ ।

पासवान पछिल्लो एक दशकयता नियमित रुपमा काम गर्दै आएकी थिइन् । उद्योगले मजदूरको पारिश्रमिक कटौती गरेपछि उनी उद्योग व्यवस्थापनबिरुद्व बोल्दै आएकी थिइन् । सोही कारण उनलाई कामबाट निकालेर उद्योग व्यवस्थापनले मंगलबार प्रहरी लगाएर उद्योगको गेटभित्र छिर्न दिएका थिएनन् ।

पासवानलाई अवकाश दिएको जानकारीसमेत नगराई काममा जान लागेको बेला अपमानजनक ढंगले छिर्न नदिएपछि महिलाले उद्योग नजिकै रुखमा झुण्डिएर आत्महत्या गरेको मधेशी कारखाना कर्मचारी मञ्चका अध्यक्ष विनोद महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment