Comments Add Comment

अर्जुनको ‘पानीपत’को बर्षकै खराब व्यापार

गत शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘पानीपत’को व्यापार यो बर्षकै सवैभन्दा खराब हुने देखिएको छ । चलचित्रले विकेन्ड कलेक्शनमा खराब व्यापार मात्र गरेन, सोमबारदेखि चलचित्रको व्यापार निकै नै कमजोर छ ।

यसैले पनि महंगो लगानीमा बनेको यो चलचित्र बर्षकै खराब व्यापार गर्ने चलचित्रमा पर्ने पक्का छ । चलचित्रले ४ दिनमा २० करोड आसपासको व्यापार गरेको छ । सोमबारदेखि चलचित्रको व्यापार २ करोडमा झरिसकेको छ । यसैले पनि चलचित्रको लाइफ टाइम कलेक्शन ३० करोडको आसपासमा हुने बलिउड पण्डितहरुले अड्कल लगाएका छन् ।

चलचित्रमा अर्जुन कपुर, संजय दत्त, कृती सेनन लगायतका कलाकारको मुख्य भूमिका छ । ऐतिहासिक कथामा बनेको यो चलचित्रको खराब व्यापारले निर्मातालाई करोडौ घाटा लाग्ने देखिन्छ ।

चलचित्रमा नायक अर्जुन कपुरलाई चयन गर्न निर्माताले नजानेको टिप्पणी यसको ट्रेलर रिलिजमै गरिएको थियो । यही कुराको प्रभाव बक्स अफिसमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment