Comments Add Comment

अब बेत्रावतीमा टिम्स चेकपोष्ट

२५ मंसिर, काठमाडौं । पदयात्रामा गएका पर्यटकको सुरक्षा तथा यकिन तथ्यांक राख्ने उद्देश्यले रसुवाको बेत्रावतीमा ‘टिम्स चेकपोष्ट’ स्थापना भएको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित र सुरक्षित बनाउन तथा पदयात्री पर्यटकको यकिन तथ्यांक राख्न चेकपोष्ट स्थापना गरिएको जनाएको छ । बेत्रावती बजार (मैलुङ –स्याफ्रुबेसी सडक मार्ग तथा सदरमुकाम धुन्चे पासाङ ल्हामु सडक मार्गको जिरो पोईन्ट) मा टिम्स चेकपोष्ट स्थापना गरिएको टानका अध्यक्ष खुमबहादुर सुवेदीले जानकारी दिए ।

बेत्रावती टिम्स चेकपोष्टमा १६ पुस ०७६ बाट सञ्चालनमा आउने भएको छ । लाङटाङ जाने पदयात्री यस चेकपोष्ट हुँदै जानु पर्छ । पछिल्लो समय पर्यटक सूचना प्रणाली (टीम्स) कार्ड नबोकी जाने पर्यटकहरु हराउने र उनीहरुको उद्दारमा समेत समस्या हुने गरेको छ । कतिपय पर्यटक बीना सहयोगी पदयात्रामा जाँदासमेत अलपत्र पर्ने गरेका छन् । यो समस्या हटाउन चेकपोष्ट सहयोगी हुने विश्वास टानको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment