
२५ मंसिर, काठमाडौं । जंगली हात्तीको आक्रमणबाट बुधबार बिहान कञ्चनपुरमा २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।
महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा घाँसकाट्न गएको समयमा हात्तीले आक्रमण गर्दा स्थानीय ५० वर्षीया भुलीदेवी बोहोरा र ३८ वर्षीया बसन्ती भट्टको मृत्यु भएको कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
उपचारको लागि अस्तपाल ल्याउने क्रममा बाटोमा नै दुवै जनाको मृत्यु भएको प्रहरी उपरीक्षक आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।
हात्तीको आक्रमणबाट स्थानीय ३५ वर्षीया ललिता बोहरा, ३४ वर्षीया सुनिता विष्ट, ३२ वर्षीया उमा साउद र २४ वर्षीया सरिता ओझा घाइते भएको उनले बताए ।
उनीहरु बिहानै घाँस काट्न जंगल जाँदा हात्तीको आक्रमणमा परेका थिए ।
घाइते सबै जनालाई उपचारका लागि भारतको खटिमा पठाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।
प्रतिक्रिया 4