Comments Add Comment

छापामा आज : ३० हजार टाकामा नेपाल भित्रिन्छन् रोहिंग्या

१ बढी स्वर्ण जित्नेको पुरस्कारबारे पत्रपत्रिका नै अन्योलमा

२६ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का विजेता खेलाडीलाई इनाम दिने प्रधानमन्त्रीको घोषणा आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । तर, प्रधानमन्त्रीको घोषणामा स्वयं पत्रपत्रिकाहरू नै अन्योलमा परेका छन् ।

कान्तिपुर र राजधानीले सागमा एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीले ११ लाख र १ वटामात्रै जित्नेले ९ लाख पाउने लेखेको छ । ‘एक स्वर्ण ल्याउनेलाई ९ लाख र सोभन्दा बढी ल्याउनेलाई ११ लाखका दरले सम्मान गरिनेछ ।

तर, सरकारी मुखपत्र गोरखापत्रसँगै नागरिक र अन्नपूर्णले प्रतिस्वर्ण ११ लाख रुपैयाँ दिने लेखेका छन् । नागरिक लेख्छ– सरकारले सागका स्वर्णपदक विजेता खेलाडीलाई जनही नगद ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । एकभन्दा बढी स्वर्णपदक जित्ने चार खेलाडीलाई सरकारले प्रतिस्वर्ण ११ लाखका दरले पुरस्कार दिइने छ ।’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले पनि एकभन्दा बढी स्वर्ण विजेताले प्रतिस्वर्ण ११ लाखका दरले पाउने बताएका छन् ।

३० हजार टाकामा भित्रिन्छन् रोहिंग्या

म्यानबारबाट विस्थापित रोहिंग्या नेपालसम्म कसरी आइपुग्छन् भन्नेबारे कान्तिपुरले एक खोजमूलक सामग्री छापेको छ । कान्तिपुरका अनुसार, नेपालसम्म रोहिंग्या ल्याइपुर्याउन एक गिरोह नै सक्रिय छ । त्यस्ता गिरोहले ३० हजार टाकामा रोहिंग्यालाई नेपाल भित्र्याइरहेको कान्तिपुर समाचारमा उल्लेख छ ।

प्रहरीले गरेको अनुसन्धानका क्रममा यस्तो तथ्य खुलेको हो । रोहिंग्या भित्र्याउन यसरी गिरोह नै सक्रिय भएपछि गृह मन्त्रालयले सतर्कता बढाएको जनाएको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment