Comments Add Comment

अध्ययन भन्छ : ‘अमेरिकामा ९० लाख समलिंगी आमाबाबुको सन्तान’

कस्ता हुन्छन् उनीहरुको व्यवहार ?

सन् १९७५ मा विभिन्न ११ वटा संस्थाहरुले स्वीकार गरिसकेपछि बिस्तारै अमेरिकाले पनि समलिंगी विवाहलाई मान्यता दिएको थियो । सरकारले त यसलाई मान्यता दियो । तर, त्यहाँको समाजले समेत अहिलेसम्म त्यस्तो सम्बन्ध सुधार्न सकेका छैनन् ।

भावनात्मक र यौनिक सन्तुष्टिको रुपले समेत एकले अर्कालाई स्वीकारेको खण्डमा अमेरिकासँगै क्यानडा र दक्षिण अफ्रिकामा समेत अहिले कानूनले यस्तो व्यवस्थालाई स्वीकारिसकेको छ । योसँगै एकातिर यस्तो संस्कृति ती देशहरुमा बढ्दै गएको पाइन्छ । यद्यपि उनीहरु खुलेर आफूले समलिंगी विवाह गरेको भनेर खुलेर प्रतिक्रिया दिन भने सकेका छैनन् ।

संयुक्त राज्य अमेरिकाको एक संस्थाको अध्ययन अनुसार अमेरिकामा रहेका कूल १० लाखदेखि ९० लाखसम्म बालबालिकाहरु समलिंगी आमाबाबुहरुबाट जन्मिएको तथ्यांक सार्वजनिक गरेको छ । अमेरिकन एशोसिएसन फर म्यारिज एण्ड फेमिलि थेरापी नामक संस्थाको अध्ययन प्रतिवेदन अनुसार पछिल्लो समय अमेरिकी समाजमा समलिंगी विवाहको संख्या बढेको देखाएको हो ।

सन् २००० को जनगणना अनुसार त्यहाँ लगभग ५ लाख ९४ हजार जनाको साझेदारीमा जमेको घरपरिवारहरु रहेका छन् । ती मध्ये २७ प्रतिशतले विभिन्न माध्यमहरुबाट बच्चा जन्माएर पालिरहेका छन् ।

यो तथ्यांकको बारेमा यकीन विवरण भने बाहिर आएको छैन । किनकी उनीहरु मध्ये कोहीपनि आफूहरु समलिंगी सम्बन्धमा रहेको भनेर भन्न सक्दैनन् । जसका कारण समलिंगी आमा वा बुबाको परिवारहरूको सही गणना प्राप्त गर्न गाह्रो छ ।अझैपनि अमेरिकामा आफ्नो यथार्थ अवस्था बताउँदा रोजगारी गुमाउनु पर्ने, बच्चाहरु हिरासतमा पुग्नसक्ने र गैरसमलिंगीहरुको हिंसा सहनुपर्ने भयका कारण उनीहरु यसबारेमा बोल्दैनन् ।सो अध्ययनका अनुसार उनीहरुमध्ये एकले प्राकृतिक रुपमा नै बच्चा जन्माउने गर्छन् । यो आपसी समझदारीमा तयार हुन्छ कि कसले बच्चा जन्माउने र को बाँझै बस्ने भन्ने । यस्ता समलिंगी सम्बन्धहरु महिला-महिलाबीच र पुरुष-पुरुषबीच पनि हुने गर्छन । पुरुष-पुरुषबीच बसेको सम्बन्धमा बच्चाहरु किनेर ल्याएर पालिन्छ भने महिलाहरुबीचको यो सम्बन्धमा अरुसँग वीर्य किनेर प्राकृतिक रुपमा नै बच्चा जन्माउने गरिएको अध्ययनले देखाएको छ ।

विभिन्न चिकित्सकीय खोज अनुसार समलिंगी विवाहको मानसिकता मानसिहरुमा जन्मजात नै हुन्छ भने कोही कसैमा पछि पनि विकास हुने गर्छ । जन्मजात यस्तो गुण बोकेर आएकाहरुले सानै उमेरदेखि विपरित लिंगीप्रति भन्दापनि समलिंगीप्रति नै झुकाव राख्ने गर्छन् । यसरी संम्बन्धमा जोडिएकाहरु इन्सेमिनेसन, सेरोगेसी, फोस्टर केयर र एडप्टेसनको परिणाम रहेको सो अध्ययनले जनाएको छ ।

सो अध्ययनले समलिंगी बाबु आमाहरुले पालेका बच्चाहरुको व्यवहार पनि अरु बच्चाको जस्तै सामान्य हुने गरेको पाइएको छ । केही बच्चाहरुले मात्रै आमाबाबुको त्यो व्यवहारलाई स्वीकारेको अध्ययनले देखाएको छ । अन्यथा अरु बच्चाहरु प्राकृतिक रुपमा नै विवाह गरेर बस्न रुचाउने स्वभावका छन् ।

यही विषयमा गरिएको अर्काे अध्ययनले भने समलिंगी विवाह गरेकाहरुले हुर्काएका बच्चाहरु अरु भन्दा धेरै लचिलो, दयालु र सहनशील रहेको उल्लेख गरेका छन् । उनीहरु घरभन्दा धेरै विद्यालयमा नै रमाउने गरेको पनि रिपोर्टले बताएको छ ।

समलिंगी विवाह गरेकाहरुको परिवारमा पालिएका व्यक्तिहरुले आफू विवाह गर्ने र बच्चा जन्माउने समयमा समेत बाबुआमाको व्यवहार र दबाब सहनुपरेको समेत रिपोर्टमा उल्लेख छ । त्यही चिन्ताले उनीहरुको समय, पैसा र अभिभावकको जिम्मेवारीपनामा समेत कमी आउने गरेको पाइएको छ । समलिंगी आमाबुबाबीच अभिभावकले बोक्नुपर्ने जिम्मेवारी समान हुन्छ । जुनसुकै कामहरु पनि एकअर्काबीच भागबण्डा गर्ने गरिन्छ । जस्तै, बच्चाहरूको लागि उचित संरचना वा सहयोग प्रदान गर्ने, उनीहरुको स्वास्थ्यको ख्याल राख्ने, पालनपोषण, उनीहरुको व्यवहार सुधार गर्ने र अन्य अतिरिक्त कि्रयाकलापको सञ्चालनको लागि समेत उनीहरु भागबण्डा गरेर जिम्मेवारी लिने गर्छन् ।

विभिन्न प्रकारका पारिवारिक स्वरूपहरुलाई अनुकूलित गर्नु, परिवारमा सामाजिक कलंकको प्रभाव र विस्तारित परिवारका सदस्यहरुसँग व्यवहार गर्नको लागि समलिंगी आमा वा बुबाको समर्थन नहुने गरेको समेत रिपोर्टमा उल्लेख छ । ती बच्चाको लागि सबैभन्दा ठूलो संकट भनेको उनीहरु आमाबुबाकै छुट्टै संस्कारमा बस्नु हो ।

विभिन्न स्रोतबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment