+
+
Shares

१३औं साग : नेपाल प्रहरीका खेलाडीले जिते १६ स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २६ गते १२:५४

२६ मंसिर, काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले १६ स्वर्णसहित ५६ पदक प्राप्त गर्न सफल भएको छ।

प्रतियोगितामा व्यक्तिगत तथा सामूहिक गरी ८४ जना खेलाडीहरु सहभागी भएकोमा १६ स्वर्ण, १४ रजत र २६ कास्य गरीजम्मा ५६ वटा पदक हासिल गर्न सफल भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।

प्रतियोगितामा प्राप्त पदकमध्ये करातेतर्फ ७ वटा, तेक्वान्दोतर्फ ४ वटा, भारोत्तोलनतर्फ २ वटा, उसुतर्फ १ वटा, बक्सिङतर्फ १ वटा र पुरुष फुटबलतर्फ १ गरी कुल १६ वटा स्वर्ण पदक छन् ।

यसैगरी करातेतर्फ ३ वटा, जुडोतर्फ ३ वटा, तेक्वान्दोतर्फ २ वटा, महिला भलिबलतर्फ १ वटा, टेबुल टेनिसतर्फ १ वटा, कुस्तीतर्फ १ वटा, महिला फुटबलतर्फ १ वटा, महिला कबड्डीतर्फ १ वटा र महिला बास्केटबलतर्फ १ वटा गरी कुल १४ वटा रजत पदक प्राप्त भएका छन् ।

साथै भारोत्तोलनतर्फ ७ वटा, जुडोतर्फ ५ वटा, तेक्वान्दोतर्फ ५ वटा, टेबलटेनिसतर्फ ४ वटा, करातेतर्फ ३ वटा, ब्याडमिन्टनतर्फ १ वटा र पुरुष क्रिकेटतर्फ १ वटा गरी कुल २६ वटा कास्य पदक प्राप्त भएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?