+
+

विराटनगर एयरपोर्ट स्तरोन्नती गर्न बजेट विनियोजन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २६ गते १४:४२

२६ मंसिर, विराटनगर । विराटनगर विमानस्थल विस्तारको काम अघि बढाउन संघीय सरकारले बजेट विनियोजन गरेको छ । विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको काम अघि बढाउन नागरिक उड्यन प्राधिकरणले तत्काल एक करोड बजेट बिनियोजन गरेको हो ।

चालु आर्थिक वर्षभित्र खर्च गर्नु पर्ने भनी विनियोजन भएको बजेटबाट विमानस्थल विस्तार गर्न आवश्यक पर्ने जग्गाको अधिग्रहण गर्न नागरिक उड्यन कार्यालय विराटनगरलाई भनिएको छ ।

तर मास्टर प्लानबिना आएको न्यून बजेटले काम अघि बढाउन नसकिने नागरिक उड्डयन विराटनगर कार्यालयले जनाएको छ ।

विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहणका लागि मात्र ३ अर्ब भन्दा बढी लाग्ने अनुमान गरिएको छ । एक हजार पाँच सय मिटरमा रहेको विमानस्थलको लम्बाई एक हजार मिटर बढाउने गरी डीपीआर तयार भएको छ । थप विस्तारका लागि एकसय ५० विगाहा जग्गा अधिग्रहण गर्नुपर्ने बताइएको छ ।

विमानस्थलको डीपीआर स्वीकृत भएको छैन् । विमानस्थल स्तरोन्नतीको मास्टर प्लान बनाएर फोकल पर्सन तोकेपछि मात्र काम अघि बढाउन सहज हुने विराटनगर कार्यालय प्रमुख टेकनाथ सिटौलाले बताए । ‘अहिले आएको बजेट हात्तीको मुखमा जिरा भनेजस्तै थोरै छ,’ उनले भने, ‘हामीले फोकल पर्सन तोकी आवश्यक बजेट विनियोजन गर्न पत्र लेखेका छौं ।’

मंसिर १७ गते विराटनगर विमानस्थल विस्तारका विषयमा पर्यटनमन्त्री योगेश भट्टराईको उपस्थितिमा विराटनगरमा छलफल भएको थियो । छलफल पछि मन्त्री भट्टराईले विमानस्थलको धावनमार्ग २५ सय मिटर बनाउने गरी काम अघि बढाउने गरी गुरुयोजना तयार पर्ने सहमति भएको बताएका थिए ।

विराटनगर विमानस्थल १५ सय मिटर लम्बाई रहेको छ । २५ सय मिटर लम्बाई बनाउँदा १५० बिगाहा जग्गा अधिग्रहण गर्नु पर्ने हुन्छ ।

नागरिक स्तरबाट विमानस्थल विस्तारको पहल भएपछि मन्त्री भट्टराई आफै छलफलका लागि विराटनगर आएका थिए ।

मन्त्रीले छलफल गरेको केही समयपछि विमानस्थल सस्तरउन्नी बजेट छुटिएपछि काम अघि बढ्ने आशा पलाएको विमानस्थल स्तारोन्नतीका लागि गठित संघर्ष समितिका संयोजक पुन्य भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?