Comments Add Comment

पार्टीले भनेपछि उपसभामुखले राजीनामा दिनुहुन्छ : मन्त्री बास्कोटा

२६ मंसिर, काठमाडौं । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पार्टीले भनेपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्ने बताएका छन् ।

सभामुख हुने भएपछि मात्र राजीनामा दिने भनेर तुम्बाहाम्फेले बताइरहेका बेला नेकपा नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले पार्टीले दिएको जिम्मेवारीमा रहेकाहरुले पार्टीले भनेपछि राजिनामा दिनुपर्ने बताए ।

सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले अहिलेसम्म उपसभामुखले राजीनामा दिन्छु वा दिन्न नभनेको र पार्टीले पनि निर्णय नगरेको बताए । पार्टीले विभिन्न जिम्मेवारीमा पठाएकाहरुले पार्टीले भनेपछि राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

मन्त्री बास्कोटाले भने ‘सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री सबैलाई पार्टीले त्यो जिम्मेवारीमा पठाएको हो । पार्टीले फिर्ता हुनु भनेपछि हामी सबैले मान्नुपर्छ । जहाँसम्म उपसभामुखको कुरा छ उहाँले दिन्छु दिन्न भन्नुभएको छैन । पार्टीले निर्णय गरेपछि उहाँले मानिहाल्नुहुन्छ ।’

अर्को एक प्रसंगमा मन्त्री बास्कोटाले सभामुखको चयन संसदले गर्ने र कसलाई पठाउने भन्ने निर्णय पार्टीले गर्ने बताए । उनले अबको सभामुख संसद चलाउन सक्ने, सबैले वाह भन्ने खालकै हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment