Comments Add Comment

सरकार आफ्नो गन्तव्यमा प्रस्ट छ : मन्त्री गुरुङ

२६ मंसिर, काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकार आफ्नो गन्तव्यमा प्रस्ट रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित राष्ट्रिय परामर्श गोष्ठीमा बोल्दै उनले केही कुरामा अलमल भए पनि सरकार आफ्नो गन्तव्यमा प्रस्ट रहेको बताए । उनले भने, ‘केही मुल्यमान्यतामा कमी भएको महसुस भएको खण्डमा आलोचनात्मक ढगंबाट सहमत हुन सक्छ ।’

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अुनपराज शर्माले सविधानप्रति नागरिकको असन्तुष्टि बाँकी नै रहेको बताए । उनले प्रतिनिधिसभा र राष्ट्रियसभामा महिला सहभागिता ३३ प्रतिशत भए पनि काम प्रभावकारी नभएको टिप्पणी गरे ।

महिलाको प्रधान्यतामा मन्त्रिपरिषद रहने, महिलाको नेतृत्वमा प्रतिनिधिसभा हुने जस्ता गतिविधिले महिलाका मुद्धामा संवेदनशीलता बढ्ने शर्माको भनाइ छ ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका कोषध्यक्ष सिर्जना पुनले महिलाहरु न्यायिक पहिचान पाउनेमा आशावादी रहेको भन्दै महिलालाई पछाडि पार्ने तत्व निराकरण गर्दै जानुपर्ने धारणा राखिन् । समुदाय तहदेखि नै महिलाले गरेको श्रमको मुल्याङ्कन हुनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment