+
+
Shares

यू-१९ महिला फुटबल टिम बहराइन जाँदै, ३ मैत्रीपूर्ण खेल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २६ गते १९:२१

२६ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय यू १९ महिला फुटबल टिमले बहराइनमा ३ मैत्रीपूर्ण खेल खेल्ने भएको छ । त्यसका लागि नेपाली टोली शुक्रबार बहराइन प्रस्थान गर्नेछ ।

नेपाल यू-१९ टिमले बहराइनको यू-१९ टिमसंगै ३ खेल खेल्ने एन्फाले जनाएको छ । २२ खेलाडीसहित बहारइन जाने २८ सदस्यीय टोलीलाई एन्फाले बिहीबार बिदाई गरेको छ ।

टिममा सिनियर राष्ट्रिय टिममा रहेका मिडफिल्डर सरु लिम्बु गोलकिपर उशा नाथ र फरवार्ड रेखा पौडलसमेत छन् । यू-१९ टिममा रहेका गोल किपर अन्जना राना मगर, डिफेण्डर पूजा राना र विमला विक तथा फरवार्ड रश्मी कुमारी घिसिङको स्थानमा भने चार नयाँ खेलाडी टिममा परेका छन् ।

नेपाली टिमको कप्तानी सरु लिम्बुले गर्नेछिन् भने टिमको मुख्य प्रशिक्षकमा हरिओम श्रेष्ठ रहेका छन् । नेपालले शनिबार बहराइनसँग पहिलो खेल खेल्नेछ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?