Comments Add Comment

भारतीय हस्तक्षेपको प्रतिरोध गर्न प्रवासी नेपालीको माग

२७ मंसिर, काठमाडौं । प्रवासी नेपालीहरुले भारतीय हस्तक्षेपको कडा प्रतिवाद गर्न सरकारसँग माग गरेका छन् ।

एनआरएनए जर्मनी, नेपाली जनप्रगतिशील मोर्चा जर्मनी र प्रवासी नेपाली एकता मञ्च जर्मनीले संयुक्तरुपमा बर्लिनमा रहेको नेपाली दूतावासमार्फत ज्ञापनपत्र बुझाउँदै हस्तक्षेपको प्रतिरोध गर्न माग गरेका हुन् ।

राजदूत रमेशप्रसाद खनालमार्फत पठाइएको ज्ञापनपत्रमा भारतीय नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र पर्दा पनि नेपालका उच्च तहका नेताको दोधारे अभिव्यक्ति आउनु दूर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ ।

भारतले कूटनीतिक प्रयासलाई पनि बेवास्ता गरिरहेको उल्लेख गर्दै ज्ञापनपत्रमा यस्तो अवस्थामा सरकार एउटा वक्तव्यमा मात्रै सिमित नरही आवश्यकताअनुसार अन्तर्राष्ट्रियकरण गर्न सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment