Comments Add Comment

‘सेल्फी किङ्ग’ गीतः केकीसँग भिमफेदी गाइजको ‘जाली रुमाल’

चलचित्र ‘सेल्फी किङ्ग’को टिजरपछि लोकलयको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘जाली रुमाल’ बोलको गीतको भिडियोमा नायिका केकी अधिकारी र भिमफेदी गाइजलाई फिचरिङ गरिएको छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपिन कार्कीलाई पनि देख्न सकिन्छ । कथा अनुसार नै चलचित्रमा आउने गीतलाई कार्यक्रमको माहोलमा प्रस्तुत गरिएको छ । वी पाण्डेको शब्द, सुभाष भुषालको संगीत रहेको गीतमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर छ ।

यो भिडियोलाई निर्मल लामाले कोरियोग्राफी गरेका हुन् । सोलुको सल्लेरीमा छायांकन गरिएको भिडियोमा केकी कलाकारकै रुपमा सांकृतिक कार्यक्रममा सहभागी भएको देखाइएको छ । नायिका केकी अधिकारीले आफूलाई गीत मन परेका कारण काम गर्न तयार भएको बताइन् ।

‘सेल्फी किङ्ग’ नाम गरेको एक कलाकारले कला यात्राको क्रममा पाएको सफलता र त्यसलाई व्यवस्थित गर्न गरेको संघर्षको कथामा यो चलचित्र बनेको छ । विशाल सापकोटाले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा विपिनसँगै लक्ष्मी वर्देवा, भूवन चन्द, अभय बराल, लोकमणी सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ । सुभाष थापा र दिनेश राउतले संयुक्त रुपमा यो चलचित्र निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment