Comments Add Comment

अर्जुन भन्छन्- ‘फरक काम गर्ने मौका कमैले दिन्छन्’

पछिल्ला केही बर्षयता संगीतकार अर्जुन पोखरेल प्रेम गीतमा निर्विकल्प बनेका छन् । चलचित्रमा प्रेम झल्कने गीत चाहिएको खण्डमा, अधिकांश मेकरले संझने उनी एउटै नाम हुन् । अर्जुन पोखरेलद्वारा संगीतबद्ध धेरै रोमान्टिक गीतहरु सफल भएका छन् । दर्जनौ गीतले युट्युबमा करोड भन्दा बढी भ्यूज पाएका छन् ।

तर, आफूले गरेको कामबाट अर्जुन भने खासै सन्तुष्ट छैनन् । उनलाई केही फरक गर्ने मन छ । तर, त्यो अवसर दिने निर्माता–निर्देशक भेट्न उनलाई मुस्किल छ । अर्जुन भन्छन–‘निर्माता–निर्देशकहरु मलाई फलानो जस्तो गीत चाहियो भनेर माग्न आउनु हुन्छ । अनी हामीले बाध्य भएर त्यस्तै गीत बनाइदिनै पर्छ ।’

केही सिमित निर्देशक छन् जसले काम गर्न दिन्छन् । अर्जुन भन्छन्–‘केही निर्देशकहरुले भने चलचित्रको परिवेश बताउनुहुन्छ । म सोही परिवेश अनुसारको गीत तयार गर्न सक्छु । तर, त्यो अवसर दिने कमै हुनुहुन्छ ।’ सुदर्शन थापा र दिवाकर भट्टराइले काममा स्वतन्त्रता दिने उनको भनाई छ । अर्जुन पछिल्लो समय चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा काम गरेर सुन्तुष्ट छन् ।

उनले भने–‘म्युजिकल लभ स्टोरी भनेर मात्र संगीत भएको छैन । चलचित्रको कथा नै संगीतसँग सम्बन्धित छ । त्यसैले मैले संगीतका हरेक कुरालाई यसमा प्रयोग गर्न पाएको छु । यस्तो भयो भने मात्र काममा मज्जा हुन्छ ।’

फरक काम गर्ने जोश अर्जुनमा सधै नै हुने गर्दछ । उनी भन्छन्–‘मलाई हलिउड–बलिउडका गीतहरु जस्तो ठुलो क्यानभासमा काम गर्ने मन छ । तर, यस्तो काम गर्नको लागि चलचित्रको विषयबस्तु पनि सोही प्रकारको हुन आवश्यक छ । गीतको छायांकनदेखि कलाकार छनोटमा पनि संझौता गर्नु भएन । तर, नेपालमा यस्तो कमै मात्र हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment