Comments Add Comment

करिअरमै पहिलो पटक आमिरको फिल्मका लागि करिनाले दिइन् अडिसन

नायिका करिना कपुर बलिउडमा केही बर्ष अघिसम्म नम्बर १ नायिकाको रुपमा चिनिन्थिन् । उनको यूगमा उनले बलिउडमा राज गरेकी थिइन् । आज, उनको क्रेज पहिलेको जस्तो त छैन तर गुमेको पनि छैन ।
उनै, नायिकाले आफ्नो १९ बर्ष लामो बलिउड करिअरमा अडिसन दिएर चलचित्रमा काम गरेकी थिइनन् । तर, पहिलो पटक उनले चलचित्र ‘लाल सिंह चड्डा’का लागि अडिसन दिएकी थिइन् ।

‘चमेली, हिरोइन’ जस्ता नायिका केन्द्रित चलचित्रमा समेत काम गरेर आफ्नो अभिनयको छुट्टै पहिचान बनाएकी यी सुन्दरीले करिअरमै पहिलो पटक किन अडिसन दिइन् होला ?

भारतीय मिडियासँग कुरा गर्दै करिनाले भनिन्–‘मैले आजसम्म अडिसन दिएको थिइनँ । न त कोहीले मलाई चलचित्रमा काम गर्नु अगाडि कुनै दृश्यमा अभिनय गर्न आग्रह नै गरेका थिए । तर, मैले ‘लाल सिंह चड्डा’का लागि अडिसन दिनुको एउटै कारण आमिर खान हुन् ।’

करिनाले अगाडि भनेकी छिन्–‘मलाई थाहा छ, चलचित्रलाई लिएर आमिर कती धेरै केन्द्रित हुन्छन् । मैले चलचित्रको कथा पढ्दा नै मेरो भूमिकामा म खरो रुपमा उत्रिन्छु भनेर सोचिसकेको थिएँ । आमिर आफ्नो भूमिकाप्रति निकै गम्भिर हुन्छन्, मलाई उनको यो कुरा मनपर्छ ।’

अडिसनको बिषयमा पति सैफअली खानले पनि सल्लाहा दिएको करिनाले बताइन् । करिना भन्छिन्–‘मलाई अडिसन दिदा रिजेक्ट हुन्छु कि भनेर डर लागेको थिएनँ । सैफले पनि मलाई यो ठूलो कुरा होइन भनेर सुझाव दिएका थिए । हलिउडका कुनै पनि कलाकारले अडिसनविना चलचित्रमा काम पाउँदैनन् । सैफले मलाई तिमी जस्तो नायिकाले समेत अडिसन दिन थाल्यौ भने राम्रो हुन्छ भनेर सल्लाहा दिएका थिए । यसकारण पनि मैले यो चलचित्रका लागि अडिसन दिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment