+
+
Shares

सतुंगलमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २९ गते १७:००

२९ मंसिर, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–११, सतुङ्गलमा गौरिशकंर पेन्टस कारखानामा आगलागी भएको छ । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

महानगरीय प्रहरी बृत्त, थानकोटका प्रमुख डीएसपी कुमारविक्रम थापाले अहिले दुई वटा दमकल र दुई वटा पानीको ट्यांकरले आगो नियन्त्रणमा ल्याएको छ ।

पेन्टसका सञ्चालक आनन्द रौनियारले प्रहरी सक्रियता र नगरपालिकाको साथ र सहयोगका कारण ठूलो क्षेति हुन नपाएको बताए ।

आगलागीमा रङ्ग बनाउने मेशिन, केमिकल, कागजपत्रसहित अन्य सरसामान जलेर नष्ट भएको बताइएको छ ।

क्षतिको विवरण संकलन भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?