+
+
Shares

अनलाइनखबरकर्मी आचार्य पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २९ गते १७:२९

२९ मंसिर, काठमाडौं । काठमाडाैं महानगरपालिकाले महानगरीय सुशासन पत्रकारिता पुरस्कारबाट अनलाइनखबरकर्मी रोयल आचार्यसहित १० जनालाई पुरस्कृत गरेको छ । महानगरपालिकाको २५ औं स्थापना दिवसको अवसर पारेर आइतबार राजधानीमा आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले पुरस्कार तथा सम्मानपत्र प्रदान गरे ।

पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ । पुरस्कृत हुनेहरुमा झिंगु डटकमकी रेखा शाक्य, नागरिक दैनिकका हिमाल लम्साल, नयाँ पत्रिका दैनिकका तीर्थ बस्नेत, राष्ट्रिय समाचार समितिकी शर्मिला पाठक, राजधानी दैनिकका केशवप्रसाद पाण्डे, नेपाल समाचारपत्रका ईश्वरराज ढकाल, लहना साप्ताहिकका नृपेन्द्र श्रेष्ठ र संस्थागत रुपमा गोरखापत्र दैनिक रहेका छन् ।

महानगरपालिकाले २५ औं स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आज मनाइरहेको छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?