Comments Add Comment

सिन्धुपाल्चोक दुर्घटना : झ्यालबाट हाम फालेका चालक सम्पर्कविहीन

२९ मंसिर, काठमाडौं । सिन्धुपाल्चोकको ६ किलोमा १५ जनाको मृत्यु र १९ जना घाइते हुने गरी भएको दुर्घटनाका चालक फरार छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले चालक सुमन तामाङको खोजी भइरहेको जनाएको छ ।

घाइते धनकाजी गुरुङका अनुसार तामाङ गाडी भिरबाट तल झर्न थालेपछि झ्यालबाट भागेका थिए । त्यसपछि उनी कहाँ गए, अहिलेसम्म खुलेको छैन ।

तामाङ श्रीमती र छोरालाई छेऊमा राखेर गाडी चलाइरहेका थिए । भक्तपुरको जगातीस्थित आदर्श टोलबाट कालिञ्चोक दर्शन गर्न टोली नै जाँदा उनले पनि परिवारका सदस्यलाई लगेको घाइतेहरुले बताएका छन् ।

सँगै घुम्न गएकी निर्मला श्रेष्ठका अनुसार गाउँबाट एक/एक हजार रुपैयाँ उठाएर गाडी रिजर्भ गरिएको थियो । फर्किँदा रात परिसकेकाले दुर्घटना हुनसक्ने भन्दै टोली मुडेमा बसेको उनले बताइन् ।

सिन्धुपाल्चोकका एसपी प्रज्जवल महर्जनले चालकको खोजी भइरहेको बताए । उनले अनलाइनखबरसँग भने, ‘चालक सम्पर्कमा आएपछि दुर्घटना कसरी भयो भन्ने थप प्रष्ट हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment