Comments Add Comment

सदुपुरपश्चिम ‘स्पिकिङ आइडल’ सुरु

३० मंसिर, कञ्चनपुर । सुदुरपश्चिम प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता ‘स्पिकिङ आइडल–२०१९’ मङ्सिर २८ गतेबाट सुरु गरेको छ । डडेल्धुरा अडिसनबाट आइडल सुरु भएको हो ।

भारी हिमपातबीच ८५ जना सहभागी दर्ता भए पनि ३७ जनाले सहभागीका बीच पहिलो अडिसन सम्पन्न भएको आयोजक क्लासिक ग्रुपले जनाएको छ । कार्यक्रमबाट उत्कृष्ट ५ जना छनौट गरिएको छ ।

उनीहरुले अन्य जिल्लाबाट छानिने प्रतिस्पर्धीसँग १३, १४ र १५ गते धनगढीमा प्रतिस्पर्धा गर्नेछन् । स्पिकिङ आइडलको ९ वटै जिल्लामा एकैसाथ जिल्लास्तरीय अडिसन पुस पहिलो साता भरिमा गरिसक्ने लक्ष्य राखिएको आयोजक समितिका धिरज जोशीले बताए ।

उनका अनुसार बैतडीको देहिमाण्डामा ४ पुस, दार्चुलाको गोकुलेश्वर ६ पुस, डडेल्धुरामा २८ मंसिर, डोटीमा ९ पुस, अछाममा ७ पुस, बझाङमा ६ पुस र बाजुरामा ३० मङ्सिर र १ पुषमा अडिसन हुनेछ ।

कैलालीमा १२ पुस र कञ्चनपुरमा ९ पुसमा ३/३ स्थानमा अडिसन हुँदैछ । कञ्चनपुरको दोधारा, बेलौरी र महेन्द्रनगर तथा कैलालीको अत्तरीया, धनगढी र लम्कीमा विद्यार्थीले वक्तृत्व परीक्षण तथा प्रतिष्पर्धा गर्नेछन् ।

‘प्रदेशका प्रत्येक जिल्लाबाट जितेर आएकाबीच धनगढीमा हुने ष्पर्धामा जितेर शीर्ष १० स्थानमा पुग्नले वृहत समारोहबीच प्रस्तुतिकरण गर्ने अवसर प्राप्त गर्ने कार्यक्रम संयोजक रजनिस पन्तले बताए ।

किशोरकिशोरीहरुलाई वक्तृत्व क्षमतासँगै संस्कार, समानुभूति, शिक्षा र सम्भावनाका बारेमा चर्चा गरिने उनले जनाए । जिल्लास्तरमा सामान्य वक्तृत्व परीक्षण स्वरुप आफ्नै मातृभाषामा समेत स्थानीय कला, संस्कृति र परम्परा तथा मोफसलका समस्या र सम्भावनाबारे बोल्न पनि दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment