Comments Add Comment

हेटौंडा सडक महोत्सवमा ढिडो र माछा

३० मंसिर, हेटौंडा । पर्यटन वर्ष-२०२० को सन्दर्भ पारेर हेटौंडामा आयोजना हुने ३ दिने १० औं सडक खाना महोत्सवमा ढिडो र माछाको स्वाद लिन पाइने भएको छ ।

‘सडकमा जाऔं, सडकमै खाऔं,सडकमै रमाऔं’ भन्ने नाराका साथ होटल एशोसिएसन मकवानपुरले आयोजना गर्ने सडक महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै ढिडो र माछाको स्वाद चखाउने भएको हो । प्रत्यक अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गर्ने महोत्सव पुषको ११, १२ र १३ गते हटौंडाको हुप्राचौंर मैदानको पूर्वी सडकमा हुने एशोसिएसनको अध्यक्ष शंकरलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पर्यटन वर्षलाई अपनत्व गराउँने गरी एसोशिएसनले महोत्सवको तयारी गरेको छ । छिमेकि राष्ट्र भारतबाट समेत पर्यटन भित्र्याउने गरी थालिएको खाना महोत्सवमा ४२ वटा स्टल रहने छन् बताइएको छ । स्टलमा बिभिन्न परिकारका खानाको स्वाद सँगै नेपाली मौकिल खाना ढिडो र माछा पनि राखिने भएको छ ।

खाना महोत्सवको आकर्षणका रुपमा नेपाली मौलिक खानालाई खुल्ला रुपमा ठूलो भट्टे चुलो बनाएर पस्कने एशोसिएसनका महासचिब बिष्णुगोपाल महर्जनले बताए ।

उनका अनुसार मकवानपुरको पर्यटकीय पैदल मार्ग समेटिएको ‘गन्तव्य मकवानपुर’ पुस्तक प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाले सार्वजनीक गर्ने तयारी रहेको महर्जनले जानकारी दिए ।

आन्तरीक र बाहृय पर्यटन गरी करिब ७५ हजारले अवलोकन गर्ने महोत्सवले २० लाख रुपैयाँ बराबरको कारोबार गर्ने बताइएको छ ।

एशोसिएसनले महोत्सव तयारीका लागि ८ लाख रुपियाँ खर्च लाग्ने बताएको छ । महोत्सवको ३ दिन राष्ट्रिय तथा स्थानिय कलाकारले मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ ।

आठौं खाना महोत्सव बाट स्थान अभाबका कारण दुई वर्ष आयोजकले महोत्सव सञ्चालन गर्न सकेको थिएन ।

१० औं महोत्सवका लागि उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले स्थान दिएपछि एसोशिएसनले महोत्सवको तयारी थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment