+
+
Shares

बलात्कार आरोपी सिद्धबाबालाई थप ७ दिन थुनामा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३० गते १८:२५

३० मंसिर, विराटनगर । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णराज गिरीलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

सोमबार अदालत उपस्थित गराइएका उनीमाथि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप म्याद माग गरेको थियो । त्यसमा जिल्ला अदालतले ७ दिनको थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

एक अनुयायी महिलाले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले उनलाई १४ दिनअघि पक्राउ गरेको थियो । पक्राउ परेपछि उनी स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै विराटनगरको विराट नर्सिङ होमको क्याविन नम्बर १४ मा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?