Comments Add Comment

बलात्कार आरोपित वडाध्यक्षलाई रिहा गर्न मुख्य चारदलको माग

३० मंसिर, सप्तरी । षडयन्त्रपूर्ण ढँगले वडा अध्यक्षमाथि बलात्कार प्रयासको आरोप लगाएर भुठा मुद्दा दर्ता गरिएको भन्दै सप्तरीका मुख्य चार दलले वडा अध्यक्षलाई स–सम्मान रिहा गर्न माग गरेको छ ।

जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का अध्यक्ष लक्ष्मी साहलाई प्रहरीले बलात्कार प्रयासको आरोपमा नियन्त्रणमा लिई मुद्दा चलाएको छ । नेपाली कांग्रेसबाट निर्वाचित साहलाई पक्राउ गरेपछि कांग्रेसले राजनीतिक प्रतिशोधको भावनाले प्रेरित भई नियोजित तरिकाले महिलालाई परिचालन गरी वडाअध्यक्षसहित तीन जनालाई फसाएको आरोप लगाउँदै आएको थियो । तर त्यसको दुई दिनपछि अन्य तीन दलले पनि यसमा सहमति जनाउदै वडाध्यक्षलाघ स-सम्मान रिहा गर्न माग गरेको हो ।

यो पनि पढ्नुहोस बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

कांग्रेससहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा), समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) का प्रतिनिधीहरुको सोमबार कांग्रेस पार्टी कार्यालयमा बसेको संयुक्त बैठकले षडयन्त्रपूर्वक, कपोकल्पित एवं पूर्वाग्राही भई बलात्कार प्रयासको झुठा मुद्दा दर्ता गरेको ठहर गरेको छ ।

चार दलको बैठकपछि जारी गरिएको संयुक्त बिज्ञप्तीमा झुठा मुद्दा दर्ता गरी निर्वाचित जनप्रतिनिधीलाई थुनामा राखेकोमा खेद प्रकट गरिएको छ । तत्काल मुद्दा फिर्ता गरी वडा अध्यक्ष साहलाई स–सम्मान रिहा गर्न विज्ञप्तीमा भनिएको छ ।

माग पूरा नभए संघर्षका कार्यक्रम तय गरिने कांग्रेसका सभापति दिनेश यादव, नेकपाका प्रतिनिधि सुखराम यादव, समाजवादी पार्टीका प्रतिनिधि चितरंजन यादव र राजपाका जिल्ला संयोजक हरेराम यादवले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ । ‘माग पूरा नभएमा दबाव र संघर्षका कार्यक्रम तय गर्न सर्वदलीय, सर्वपक्षीय बैठक राख्ने निर्णय भएको छ’ विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment