+
+

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २५ गते ११:२५

२५ मंसिर, सप्तरी । स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा सप्तरीबाट एक वडाध्यक्षसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साह छन् ।

३४ वर्षीया महिलाको उजुरीपछि वडाध्यक्षसहित अर्का एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले बताए ।

पीडित महिलाले आफूलाई गाउँकै एक कुखुरा फर्ममा बोलाएर वडाध्यक्षसहित अर्का १ जनाले जबर्जस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छन् ।

मंगलबार साँझ नियन्त्रणमा लिइएका उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?