+
+
Shares

निर्माणाधीन घरको छतबाट खस्दा दुई मजदुरको मृत्यु

सर्लाहीमा बुधबार निर्माणाधीन घरको छतबाट खस्दा दुई मजदुरको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते २०:१८

३० वैशाख, जाकपुरधाम । सर्लाहीमा बुधबार निर्माणाधीन घरको छतबाट खस्दा दुई मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मलंगवा नगरपालिका-२ का ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ का ४० वर्षीय राजकिशोर यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–१० का रञ्जित यादवको चार तले घरको छतमा पानी ट्याङ्की राख्न बनाइएको ढलानमा प्लास्टर गरिरहेका बेला उनीहरू छतसहित खसेका हुन् । घटना दिउँसो करिब पौने पाँच बजेको रहेको प्रहरीले जनाएको छ । काम गरिरहँदा अचानक छतसहित खसेपछि दुवै जनाको शरीरमा गम्भीर चोट लागेको थियो ।

घाइते दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको थियो । जहाँ चिकित्सकले मृत घोषणा गरेको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?