+
+
Shares

नागरिकता कानूनको विरोधमा सडकमा आइन् मुख्यमन्त्री बेनर्जी

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३० गते १८:४७

३० मंसिर, काठमाडौं । नागरिकता कानूनको विरोधमा पश्चिम बंगालका मुख्यमन्त्री ममता बेजर्नी आफैं सडक प्रदर्शनमा सहभागी भएकी छन् । उनले हजारौं पार्टी कार्यकर्ता प्रदर्शनको नेतृत्व गरेकी हुन्, जुन सोमबार कोलकात्तामा भएको थियो ।

तृणमूल कांग्रेसकी प्रमुखसमेत रहेकी बेनर्जीले नेशनल रजिस्टर फर सिटिजन (एनआरसी) र नागरिकता कानूनलाई कहिल्यै पश्चिम बंगालमा अनुमति नदिइने बताइन् ।

‘हामी सबै धर्म, जाति र पन्तको सहअस्तित्वमा विश्वास गर्छौं,’ उनले भनिन्, ‘हामी सबै यो देशको नागरिक हुन् र हामीलाई कसैले टाढा लैजान सक्दैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?