Comments Add Comment

मिचिएको भूमि फिर्ता माग्दै भारतविरुद्ध अमेरिकामा प्रदर्शन

Photo Credit : Border Nepal Buddhi

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा अमेरिकामा नेपालीहरुले प्रदर्शन गरेका छन् ।

अमेरिकामा रहेका प्रवासी नेपालीहरुले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेको बिरोधमा वासिङटन डिसीस्थित हृवाइट हाउस नजिकै पार्कमा बिरोध प्रदर्शन गरेका हुन् ।

जुलुस त्यहाँस्थित भारतीय दूतावास परिसरमा पुगेर लिपुलेक, कालापानी, लिम्पियाधुरा खाली गर, नेपाली भूमिबाट फिर्ता जाऊ, नेपाली भूमि अतिक्रमण बन्द गरलगायत नारा लगाएका थिए ।

कार्यक्रममा नेपालका अवैतनिक महावाणिज्यदूत प्रेम राजा महतले देशभक्ति गीत सुनाएका थिए भने गायक रामप्रसाद खनालले भारतलाई व्यङ्ग्य गर्दै कविता सुनाएका थिए ।

खेम संग्रौला र श्याम सुन्दर आचार्यले रातोर चन्द्र सूर्य जंगी निशान हाम्रो गीत प्रस्तुत गरेका थिए भने अन्य सहभागीहरुले कविता वाचन गरेका थिए ।

कार्यक्रममार्फत उनीहरुले नेपाल सरकारलाई सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्न सुझावसमेत दिएका थिए ।

प्रदर्शन बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिकाको संयोजकत्वमा विभिन्न संघसंस्थाको आयोजनामा भएको हो ।

प्रदर्शनका क्रममा नेपाली सीमा मिचिएको सम्बन्धी जानकारी पत्रसमेत वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment