Comments Add Comment

बुढ्यौलीमा रोमान्स : किन लगाउँछ दुनियाँले कर्के नजर ?

रोमान्स एक भावनात्मक कुरा हो । यसमा उमेरको के कुरा भो र ?

तर, हामीलाई लाग्छ रोमान्स भनेको जवानीमा गर्ने हो । उमेर ढल्किएपछि रोमान्स गर्नुलाई ‘छिल्लिएको’ वा ‘मात्तिएको’ भनेर नाक खुम्च्याइन्छ ।

मानौं एक जोडी बुढाबुढी पार्कमा बसिरहेका छन् । तर, उनीहरुको यो बसाई पट्यारलाग्दो देखिदैन । किनभने उनीहरु कुनै प्रेमिल जोडी झै छन् । एकअर्कासँग जिस्किरहेका छन् । रमाइलो संवाद गरिरहेका छन् । उनीहरु दुबै आफैमा मग्न छन् ।

यस्तो दृश्य देखेपछि हामीलाई अनौठो लाग्छ । हामी फर्कीफर्की हेर्छौं । र, टिप्पणी गरिहाल्छौं, ‘बुढेसकालमा के जोश चलेको हो यो ?’

तर, तन बुढो भएपनि मन बुढो हुँदैन । उमेर गुजि्रएपछि वा बुढ्यौलीले छोपेपछि रोमान्स वा आफ्ना पार्टनरसँग प्रेमिल गतिबिधि गर्नु हुँदैन भन्ने के छ ? जबकी यस किसिमको गतिबिधिले उनीहरुको बुढ्यौली सहज बनाइदिन्छ । उनीहरु उदास रहँदैनन् । चिन्ता, पिर, तनाव हटाउने मेलो पो हो त !

८० वषिर्या हलिउड अभिनेत्री जुडी डेन्च एक अन्तवार्तामा भनेकी छिन्, ‘रोमान्स र अन्तरंग पल जिन्दगीको एक महत्वपूर्ण आवश्यकता हो । यसको चाहना कहिल्यै पनि कम हुँदैन ।’

नेपाली चलचित्रको एउटा गीत ‘केस सेतै फुले पनि उमेर कलिलै छ, बाहिर रुखो देखेपनि मन त मलिलै छ ।’ वास्तवमा मन कहिल्यै रुखो हुँदैन । तर, उमेर ढल्किएसँगै हामी आफ्नो मनलाई सम्झाई/बुझाई गर्छौं । मनमा लागेका कतिपय कुरा गर्नबाट आफुलाई रोक्छौं । समाजले के भन्छ होला ? हामीलाई यही प्रश्नले तर्साउन थाल्छ । किनभने हामी समाजसँग डराउँछौं ।

सही हो, सामाजिक प्राणी भएका नाताले हामी समाजका मूल्य एवं मान्यता बिरुद्ध जान सक्दैनौं । तर, मर्यादित प्रेम र रोमान्सको कुरामा किन समाजसँग डराउने ?

वास्तवमा बुढेसकालमा आफ्ना पार्टनरसँग रोमान्स गर्नु हुँदैन भन्ने मान्यता हामीले आफैभित्र हुर्काएका हौं । उमेर ढल्किएपछि सबै कुरा सकिन्छ भन्ने होइन । हुनसक्छ कतिपय अवस्थामा शारीरिक समस्या वा कमजोरी देखापर्न सक्छ । औषधी उपचार गर्नुपर्ने हुन्छ । खानपानमा कटौती गर्नुपर्ने हुन्छ । त्यसो भन्दैमा प्रेम-जीवनबाट पनि अलग हुनुपर्छ भन्ने छैन । बुढ्यौली लागेपनि आफ्नो जीवनसाथीसँग रोमान्टिक क्षणहरु बिताउन सकिन्छ ।

एक अध्ययन अनुसार यस किसिमको अन्तरंग पलले शरीरमा अक्सिटोसिन र एनडोफिर्न जस्ता हार्मोनको वृद्धि हुन्छ ।

अक्सिटोसिनले तनावलाई कम गर्न मद्धत गर्छ । यतिमात्रै होइन अक्सिटोसिनले उच्च रक्तचाप र हृदयघातको सम्भावनालाई पनि कम गर्छ ।

त्यस्तै एन्डोफिर्न एक प्राकृतिक पेनकिलर हो जसले शरीरमा उत्पन्न हुने दुखाईलाई कम गर्छ । धेरैजसो प्रौढावस्थासँग जोडिएका कैयौं किसिमका समस्याहरु हुन्छन् जस्तै कम्मर दुख्ने, जोर्नीको दुखाई । एन्डोफिर्न यस खालको समस्यामा फाइदाकारी छ ।

एक अझै खास कुरा किनभने महिलाहरुलाई राजनोवृत्तिपछि गर्भवती हुने खतरा टर्छ त्यसैले वृद्ध मानिसहरुले गर्भनिरोधकको चिन्ता नगरिकन यौन सुख उठाउन सक्छन् ।

शारीरिक लाभ बाहेक बुढेसकालको यौनले तपाईंको जीवनशैलीमा पनि एक महत्वपूर्ण भूमिका निभाउँछ । बस सुरक्षित र आनन्ददायक सम्बन्धको नियम भने जिन्दगीमा अपनाइराख्नुपर्छ ।

त्यसपछि चाहे उमेर ५५ होस वा ७५ सम्बन्ध सँधै जवान राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment