Comments Add Comment

शरीर होइन सोंच पो बुढ्यौली

युवाका सन्दर्भमा ओशोले घतलाग्दा तर्क दिएका छन् । उनको भनाईको सार यस्तो छ, युवा हुनु भनेको २२ वा २५ बर्षको उमेर होइन । युवा र उमेरसँग खास साइनो छैन । युवा त त्यो हो, जो सधै सक्रिय हुन्छन्, नयाँ कुरा जान्न उत्सुक हुन्छन् । जसमा उत्साह, उमंग, उर्जा र उत्सुकता छ, उही युवा हो ।

अर्थात यो उमेर भन्दा पनि मानसिकताको कुरा हो । कोही व्यक्ति युवा नभई बुढो हुन्छन् । कोही पाको उमेरमा पनि युवा नै रहन्छन् । ओशो यसै भन्छन् ।

बुढ्यौलीको सन्दर्भमा उनको यो तर्क निकै सान्दर्भिक हुन्छ । भनिन्छ, बुढो हुनु भनको धेरै उमेर गुजि्रनु होइन । बरु, यसमा सोंच जिम्मेवार रहन्छ । हाम्रो शरीर भन्दा चाँडो त हाम्रो सोंच बुढ्यौलीतर्फ ढल्किन्छ । हामीमध्ये कतिपयले आफुलाई बुढेसकाल लागेको ठानिरहेका हुन्छौं । जबकी उमेर वा शरीरले त्यस्तो संकेत गरेकै हुँदैन ।

मानिसले गुजारेको उमेर र उसले महसुष गर्ने उमेरको अन्तरले शरीरमा प्रत्यक्ष प्रभाव पार्ने रहेछ । हालै वैज्ञानिकहरुले यही तथ्यलाई सतहमा ल्याइदिएको छ । त्यसो हो भने, हामीले आफुलाई आफ्नो वास्तविक उमेरभन्दा बुढो सोच्ने कि, जवान ?

के भनिन्छ भने जुन रफ्तारमा हाम्रो उमेर ढल्कदैछ, त्यस अनुसार महसुष गरिरहेका हुँदैनौ । कोही आफुलाई बुढ्यौलीतिर ढल्कदै गरेको ठान्छन् भने, कोही जवान ।

अहिले वैज्ञानिकले यस मानसिकतामाथि अध्ययन गरिरहेको छ । यस अध्ययनले केही घतलाग्दा कुरा सतहमा ल्याइदिएको छ । आफुलाई जति उमेरको महसुष गरिन्छ त्यसले हाम्रो उत्कृष्ट वा खराब प्रदर्शनमा गहिरो सम्बन्ध राख्छ ।

अमेरिकाको भर्जिनिया युनिभर्सिटीका ब्रायन नोसेकले  भनेका छन्, ‘मानिसले आफ्नो उमेर जति महसुष गर्छ, यसले उनको तमाम निर्णयलाई प्रभावित गर्छ । आफुलाई जति जवान वा पाको महसुष गर्छन्, त्यही हिसाबले जिन्दगीको निर्णय लिन्छन् ।’

उमेर महसुष गर्दाको प्रभाव यत्तिमै सकिदैन । हामी आफुलाई जति जवान महसुष गरिन्छ, त्यसको प्रभाव हाम्रो स्वास्थ्यमा पनि पर्छं । कुन मनोवैज्ञानिक, सामाजिक र जैविक कारण हुन्छ, जसले मानिसलाई आफु जवान वा पाको भएको अनुभूत गराउँछ ?

त्यसो त उमेरका सम्बन्धमा गरिएको यो अध्ययन नयाँ भने होइन । सन् १९७० देखि १९८० को दशक बीच केही यस्ता छुटपुट अध्ययन भएको थियो । तर, पछिल्लो दश बर्षदेखि यसको प्रयास थप जोडदार भयो । पछिल्लो पटक भएको अध्ययनबाट यो खुलासा भएको छ कि, कुन किसिमको उमेरका लागि हाम्रो सोचले, हाम्रो व्यक्तित्वमा असर पार्छ ।

सबैलाई थाहा छ कि, उमेर ढल्कदै गएपछि मानिसहरु शान्त हुँदै जान्छन् । नयाँ प्रयोग गर्नबाट बच्छन् । जबकी युवाहरु जोखिम लिनका लागि बढी उत्सुक हुन्छन् । नयाँ प्रयोगका लागि बढी उत्साहित हुन्छन् ।

तर, उमेर महसुष गर्ने सम्बन्धमा भएको अध्ययनले भन्छ कि, जो व्यक्ति स्वंयम्लाई जवान ठान्छन्, उनीहरु पनि बढ्दो उमेरसँग इमान्दर हुँदै जान्छन् । आफ्नो मनलाई कावुमा राख्न सक्छन् । यो गुण उमेर बढ्दै गएपछि स्वत आउँछ । जति-जति उमेर ढल्कदै जान्छ, मानिसहरु उत्तिनै शान्त हुँदै जान्छन् ।

भन्नुको अर्थ के पनि हो भने, जो मानिस मनबाट जवान रहन्छन्, यस्तो होइन कि उसमा कच्चापन रहिरहन्छ । यद्यपी बढ्दो उमेरसँगै आफुलाई जवान महसुष गर्ने व्यक्तिलाई डिप्रेशनको भय हुँदैन । उसको मस्तिष्कको प्रतिरक्षा क्षमता बलियो हुन्छ । उनीहरु विर्सने समस्याबाट ग्रसित हुँदैनन् । रोगले कम च्याप्छ ।

प|mान्सको मोन्टपेलियर युनिभर्सिटीको यान्निक स्टिफेनले १७ हजारभन्दा बढी मध्य उमेर र बृद्धमाथि गरेका थिए यो अध्ययन । यसमध्ये धेरैजसोले आफ्नो खुद उमेरभन्दा आठ बर्ष कम उमेरको महसुष गरेको पाइएको थियो ।

तर, कतिपय मानिस यस्ता पनि थिए, जो आफ्नो उमेरभन्दा आफुलाई बढी पाको ठान्ने गर्थे । उनीहरुमा गंभिर चिन्ता थियो । आफ्नो असली उमेरभन्दा आठ-दश बर्ष बढी महसुष गर्नेको मर्नेको आशंका १८-२५ प्रतिशत बढी देखिएको छ । यस क्रममा उनीहरुलाई विराम हुने आशंका पनि अरुको तुलनामा उच्च हुन्छ ।

हामी स्वय्मलाई जति उमेरको महसुष गर्छौं, त्यस हिसाबले हामी स्वस्थ्य हुनु केही कारण हुन्छन् । सबैभन्दा ठूलो कारण त यो हो कि, बढ्दो उमेरसँगै मानिसमा बढ्यौली आउँछ । तर, जो व्यक्ति स्वयम्लाई जवान ठान्छन्, उनीहरु जवानीमा जस्तै घुमफिर गर्ने, खाने, रमाइलो गर्ने, हाँसीमजाक गर्ने सोच्छन् । यसले उनीहरुको स्वास्थमा राम्रो प्रभाव पार्छ ।

तर, अर्को पाटो यस्तो छ ।

यदि मानिस डिप्रेसनमा छन्, दिमाग तगडा छैन, कुनैपनि कुरा राम्ररी सम्झन सक्दैन, आफुलाई बुढो हुँदै गएको ठान्छ । यदि यस्तो ठान्छन् भने उनीहरुको स्वास्थमा निकै खराब असर परिरहेको हुन्छ । आफ्नो वास्तविक उमेरभन्दा पनि बुढो ठान्नेहरु वास्तवमै बुढो हुँदै जान्छन् र उनीहरुलाई अनेक किसिमको रोगले च्याप्दै लान्छ ।

समग्रमा भन्नुपर्दा, तपाईंको उमेर जतिसुकै होस् । त्यसले केही फरक पार्नेवाला छैन । तर, तपाईंको सोंचले गहिरो फरक पार्छ । तपाईं आफुलाईं जति जवान ठान्नुहुन्छ, वास्तवमा उत्तिनै जवान रहनुहुन्छ । बुढो ठान्नुहुन्छ भने निश्चय पनि बुढ्यौलीले गाँज्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment