Comments Add Comment

डिजेल र मट्टितेलको मूल्य बढ्यो

१ पुस, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँ बढाएको हो ।

पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १६ डिसेम्बरमा मूल्य केही बढेर आएले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

अब डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य प्रति लिटर रू. ९८ पुगेको छ ।

पेट्रोल, हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment