Comments Add Comment

चिया थरीथरीका : कुन बढी स्वस्थ्यकर ?

चिया विश्वभरीमै सबैभन्दा बढी पिइने पेय पदार्थ हो । नेपालका मानिसहरुका लागि त चिया केवल एउटा पेय पदार्थ मात्र होइन, एउटा भावना समेत हो । बजारमा अनेकथरी चिया छन् । हर्बल टि, लेमनग्रास टि आदि । यी खासमा चिया होइनन् । चियामा मिश्रण गरिएका फ्लेबर हुन् । त्यसैले चियाको असली स्वाद लिनका लागि अर्थोडक्स चिया नै उपयुक्त हुन्छ । अर्थाेडक्स चिया पहाडी क्षेत्रमा उत्पादन हुने मुना पत्तीबाट बन्छ ।

हर्बल टीमा कफिन हुन्न

सबैभन्दा पहिलो कुरा के बुझ्न अनिवार्य छ भने हर्बल टीलाई चिया नै मानिँदैन । किनभने यो केमेलिया साइनेन्सिस प्लान्टबाट प्रोसेस गरेर बनाइँदैन । तिनीहरु त फूल, हर्ब, बीउ, जरा अथवा बिरुवाको बोक्राबाट बनाइन्छ । जहाँसम्म कफिनको मात्राको कुरा छ । सम्पूर्ण हर्बल टीहरु कफिन फ्रि हुन्नन् । सबैभन्दा राम्रो के हुन्छ भने हर्बल टी किन्नु अघि सधैं लेबल पढ्ने बानी बसालौं ।

टी ब्याग पनि फाइदाजनक 

टी ब्यागबाट चिया बनाउन निकै सजिलो हुन्छ । तर, याद राख्नु पर्ने कुरा के छ भने चियाको पत्ती सधैं टी ब्यागभन्दा उत्कृष्ट हुन्छ । टी ब्यागमा चियाको पत्ती टुक्रिएको अवस्थामा हुन्छ र त्यसमा इसेन्सल ओयल तथा अरोमा कम हुन्छ । त्यसैले चियाको पत्ती नै प्रयोग गर्नु उपयुक्त हुन्छ । रिपोर्टहरुका अनुसार टी ब्यागमा जुन केमिकल कोटिङ हुन्छ, त्यो तातो पानीमा सकृय हुन्छ र त्यसले क्यान्सरसम्म हुनसक्छ । राम्रो कुरा के हुन्छ भने केमिकलहरु वाटर सेल्यूबल हुन्छन् । त्यसैले टी ब्याग प्रयोग गर्नु नै छ भने पहिला त्यसलाई चिसो पानीले पखाल्नुपर्छ ।

 

 

पेट फूल्ने समस्याबाट छुटकारा दिलाउने ४ प्रकारका चिया

धेरै पटक पेटमा ग्यास अथवा एसिडिटीको कारणले पेट फूल्ने समस्या उत्पन्न हुन्छ । त्यसले तपाईंंलाई असहजता महसुस गराउँछ । कैयौं पटक त यो समस्या निकै बढ्छ । कहिलेकाहीँ त पेट सुन्निएर फुट्ला नै जस्तो पनि हुन सक्छ । हामीमध्ये अधिकांश व्यक्ति यस्तो समस्याबाट पीडित भएकै हुन्छौं ।

जब-जब तपाईंंलाई यस प्रकारको समस्या उत्पन्न हुन्छ । हामी मध्ये अधिकांश व्यक्तिहरु ओटिसी औषधि अर्थात् डाक्टरको सल्लाह बिना औषधि पसलबाट किनिने औषधिले काम चलाउँछौं । तर, त्यसले कति प्रकारका साइड इफेक्टहरु गर्छ भन्ने कुरामा ध्यान दिँदैनौं । त्यस्तो बेला यहाँ उल्लेखित हर्बल टी सेवन गर्नुभयो भने तपाईंंको पेट फूल्ने समस्या समाधान हुनेछ ।

टर्मरिक टी अर्थात् बेसारवाला चिया

जब-जब तपाईंंको पाचन तन्त्रसँग जोडिएको समस्या पैदा हुन्छ । त्यसमा राहत पुर्‍याउनका लागि बेसारको नाम अग्रपंक्तिमा आउँछ । एन्टिइन्फ्लेमेट्री तथा एन्टिअक्सिडेन्ट प्रोपर्टीका कारणले बेसारको प्रयोगले थुप्रै प्रकारका बिमारीहरुलाई टाढा राख्न सकिन्छ । बेसारसँगै चियामा एक चुट्की मरिच पनि राख्नुपर्छ । यो चियाको सेवले पेटबाट ग्यास, पेट फूल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ र पाचन प्रणाली पनि राम्रो भइरहन्छ ।

सौंपवाला चिया

पेट तथा पाचनसँग जोडिएको समस्या जस्तै पेटको दुःखाई, पेट फुल्नु अथवा कब्जियतलाई टाढा राख्नका लागि लामो समयदेखि सौंप (सूप) को प्रयोग गर्दै आइएको छ । सौंपमा त्यस्तो कम्पाउण्ड पाउन सकिन्छ । जसले  ग्यास्ट्रोइन्टेस्टाइनल ट्रयाक्टको प्यासेजलाई रिल्याक्स गराउँछ । जसबाट पेटमा भरिएको ग्यास सजिलै बाहिर निस्कन्छ । तपाईंंले चाहनुभयो भने सौपलाई पानी अथवा सौंपलाई चियामा मिसाएर पनि सेवन गर्न सक्नुहुनेछ ।

पुदिनाको चिया

मिन्ट अर्थात् पुदिनाको स्वाद निकै कूल तथा रि-प|mेशिङ हुन्छ । जसले पाचन प्रणालीसँग जोडिएका समस्याहरुलाई हटाउन मद्दत पुर्‍याउँछ । पुदिनको पातहरुमा एन्टिस्पासमोडिक प्रोपर्टी हुन्छ । जसले मशल क्य्राम्पस तथा स्पास्ममा राहत दिलाउन सहयोग पुर्‍याउँछ । जसबाट पेटमा हुने दुखाईबाट आराम मिल्छ । पुदिनाको पातबाट बनाइएको चियाले तपाईंं विभिन्न प्रकारका फाइदाहरु दिनसक्छ ।

अदुवाको चिया

अदुवा पनि पेटसँग सम्बन्धित समस्याहरुलाई टाढा राख्नका लागि सबैभन्दा उपयुक्त मानिन्छ । अधिकांश व्यक्तिहरु पेट फूल्ने समस्इा अथवा डाइरियाको समस्यामा अदुवाका सप्लिमेन्ट्सहरु प्रयोग गर्छन् । अदुवामा जिन्जरल नामक बायो एक्टिभ कम्पाउण्ड पाउन सकिन्छ, जसले पेट फुल्ने समस्यालाई कम गर्न सहयोग पुर्‍याउँछ । त्यसो त अदुवाको चिया बनाउनका लागि ताजा अदुवाकै प्रयोग गर्नु पर्छ । किनभने त्यसमा एन्टिअक्सिडेन्ट अत्यधिक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment