Comments Add Comment

ट्वीटरका सीईओले फेसबुक सीईओ जुकरबर्गलाई अनफलो गरे

काठमाडौं । अनलाइन दुनियाका दुई ठूला सोसल मिडिया प्लाटफर्म फेसबुक र ट्वीटरको बीचमा व्यवसायिक प्रतिस्पर्धा हुनु अनौठो होइन । तर फेसबुक र ट्वीटरका सीईओहरु बीचमा व्यक्तिगत रुपमै प्रतिद्वन्दीता रहेको पछिल्लो एउटा घटनाले प्रष्ट पारेको छ ।

हुनत फेसबुक सीईओ मार्क जुकरबर्ग र ट्वीटरका सीईओ ज्याक डोर्सीबीच विभिन्न मुद्दाहरुमा मत बाझिने गरेको कुरा नौलो होइन । तर सोसल मिडियामै एकले अर्कोलाई भने फलो गर्दै आएका थिए । हालै ट्वीटरका सीईओले फेसबुकका सीईओलाई अनफलो गरेसँगै सोसल मिडिया जगत गर्माएको छ ।

ज्याक डोर्सीले मार्क जुकरबर्गलाई ट्वीटरमा अनफलो गरेका छन् । डोर्सीले जुकरबर्गलाई यस्तो तरिकाले अनफलो गरेका छन् कि त्यसले साँच्चीकै तरंग उत्पन्न गरेको छ ।

जुकरबर्गलाई अनफलो गर्नुअघि उनले @bigtechalert नामक ट्वीटर अकाउन्ट फलो गरेका थिए । यो ट्वीटर अकाउन्टले प्रविधि कम्पनीका सीईओहरुको फलो तथा अनफलो गर्ने गतिविधिमाथि निगरानी गर्दछ । ट्वीटरमा आफूले जुकरबर्गलाई अनफलो गरेका कुरा दुनियाले थाहा पाउन् भन्नका लागि उनले उक्त अकाउन्ट फलो गरेको अनुमान गरिएको छ ।

ज्याकबाट फलो पाएसँगै @bigtechalert  ले तत्कालै ट्वीट गरेका जानकारी गराएको थियो । त्यस लगत्तै @bigtechalert  ले अर्को ट्वीट गर्दै  डोर्सीले @finkd नामक ट्वीटर अकाउन्ट अनफलो गरेको जानकारी गरायो । उक्त ट्वीटर अकाउन्ट फेसबुक सीईओ जुकरबर्गको हो ।

डोर्सीले जुकरबर्गलाई अनफलो गरेको उक्त ट्वीट आउनेबित्तिकै ट्वीटरको अफिसियल अकाउन्ट @twittercomms बाट तत्कालै उक्त ट्वीटमा प्रतिक्रिया लेखियो । जसमा जुकरबर्गले सन् २०१२ देखि उक्त अकाउन्टबाट कुनैपनि ट्वीट नगरेको र उनको अकाउन्ट केबल १२ वटामात्रै ट्वीट रहेको बताइएको छ ।

स्मरण रहोस् सोसल मिडिया प्लाटफर्ममा अभिव्यक्ति स्वतन्त्रता, फेक न्यूज तथा राजनीतिक विज्ञापन जस्ता विषयहरुमा ट्वीटर तथा फेसबुकका सीईओबीच फरक मत रहँदै आएको छ । ट्वीटरले आफ्नो प्लाटफर्ममा राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाइसकेको छ तर फेसबुकले भने राजनीतिक विज्ञापन अभिव्यक्ति स्वतन्त्रताकै हिस्सा रहेकोे जिकिर गर्दै आएको छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment