३ पुस, काठमाडौं । प्रहरीलाई १० हजार घुसदिन खोजेको आरोपमा एक जना व्यक्ति सर्लाहीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको वाग्मती नगरपालिका-८ सोल्टी बजार बस्ने श्यामकुमार श्रेष्ठ रहेका छन् ।
दुर्घटनाका क्रममा लाइसेन्स नभएका व्यक्तिको बदलामा लाइसेन्स भएका अर्कै व्यक्तिको नाममा बिमा रकम दाबीका लागि सिफारिस बनाइदिन श्रेष्ठले इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षकलाई १० हजार घुस दिन खोजेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई नियन्त्रणमा लिएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उक्त रकमसहित दाखिला गरिएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4