Comments Add Comment

उखु कृषकको समस्या समाधानमा प्रदेश २ सरकारको चासो

३ पुस, जनकपुरधाम  । प्रदेश २ सरकारले उखु कृषकहरुको समस्या समाधान गर्ने भएको छ । लामो समयदेखि उखु कृषकहरुले भोग्दै आएको पीडा तथा उखु कृषक र उद्योगीबीचको समस्या पहिचान गर्नेतर्फ प्रदेश सरकारले तत्परता देखाएको छ । यसका निम्ति प्रदेश सरकारले समिति बनाएको छ ।

बिहीबार प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको अध्यक्षतामा बसेको सरोकारबालाहरुको बैठकले राज्यमन्त्री योगेन्द्र राय यादवको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिले उखु कृषक तथा चिनी उद्योगीहरुसँग छलफल, परामर्श, फिल्ड अवलोकन गर्दै एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछन् ।

समितिमा कृषि मन्त्रालयका सचिव गोबिन्द प्रसाद शर्मा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेल र उप सचिव जगन्नाथ प्रसाद जयसवाल, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट एक÷एक जना उप सचिव तथा कृषि विकास निर्देशनलाय नकटाझिजका निर्देशक रत्नकुमार झा र घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका उद्योग अधिकृत संजीब दुबे सदस्य छन् ।

बैठकले उखु कृषकहरुको संघ–संस्थाहरु, चिनी उद्योगीहरु एवं अन्य सरोकारबालाहरुको बैठक २०७६ साल पुस महिना १० गते मन्त्रालयमा आयोजना गरिने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment