Comments Add Comment

संसदको हिउँदे अधिवेशनमा चनाखो रहन कांग्रेसको निर्देशन

राष्ट्रिय सभाको कार्यसूची तय, प्रतिनिधि सभामा अलमल

कांग्रेस सं‌सदीय दलको बैठक । तस्वीर : रासस

३ पुस, काठमाडौं । संसदको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । शुक्रबार दिउँसो चार बजे संघीय सदनको दुबै सदनको बैठक बस्नेछ । अधिवेशनको पूर्वसन्ध्यामा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारको काम कारवाहीबारे चनाखो रहन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

शुक्रबार हुने प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्नेछिन् । सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा जेलमा छन् । यही कारण बैठकको अध्यक्षता तुम्बाहाम्फेले गर्न लागेकी हुन् ।

बैठकको सुरुमा दुबै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद आह्वानसम्बन्धी पठाएको पत्र वाचन गरेर सुनाइनेछ । प्रतिनिधिसभामा उपसभामुख तुम्बाहाम्फेले र राष्ट्रिय सभामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रस्ताव तिमल्सिनाले राष्ट्रपतिबाट प्राप्त पत्र वाचन गरेर सुनाउँछन् ।

राष्ट्रियसभाको कार्यसूची तय, प्रतिनिधिसभाको बाँकी

राष्ट्रियसभाको बिहीबार बिहान ११ बजे बसेको कार्यव्यवस्थाको बैठकले अधिवेशनको पहिलो दिनको कार्यसूची तय गरेको छ ।

राष्ट्रियसभाको पहिलो दिनको सम्भावित कार्यसूचीमा दलीय आधारमा संसदीय दलका नेताहरुले स्वागत मन्तव्य राख्ने उल्लेख छ । स्वागत मन्त्व्यपछि मन्त्रिपरिषदको पुनर्गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

राष्ट्रियसभाले शुक्रबार विभिन्न चारजना पूर्वसांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि तय गरेको छ ।

प्रतिनिधिसभाको बैठकको कार्यसूची भने तय हुन बाँकी छ । सम्भावित कार्यसूचीको प्रस्ताव सचिवालयले तयार पारिसकेको सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधिसभाको सम्भावित कार्यसूची पनि राष्ट्रियसभाको जस्तै छ । तर, कार्यब्यवस्थामा थपघट हुन सक्ने सूचना अधिकारी धमलाले जानकारी दिए । प्रतिनिधिसभा कार्यव्यवस्थाको बैठक शुक्रबार दिउँसो १ बस्नेछ ।

विपक्षीको तयारी

संसदको अधिवेशन सुरु हुनु अघिल्लो दिन विहीबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ । संसदीय दलको कार्यालय सिंहदरबामा बसेको बैठकले विधेयक अधिवेशन भएता पनि यो अधिवशेनमा कानुन निर्माणमा चनाखो हुनुपर्ने निष्कर्षसहित सांसदहरुलाई चनाखो बन्न निर्देश गरेको छ ।

कांग्रेसले सरकारको गतिविधिलाई नजिकबाट नियाल्न भन्दै बनाएको छाया सरकार प्रभावकारी नभएको भन्दै आलोचना हुँदै आएकोमा संसदीय समितिले आफ्नो मन्त्रालयले गरेका गतिविधि र ल्याएका विधेयकहरुलाई मसिनोसँग अध्ययन गरी प्रस्तुत हुन निर्देश गरेको सचेतक पुष्पा भुसालले बताइन् ।

यो पनि पढ्नुहोस एमसीसीलाई यथाशीघ्र पारित गर्न कांग्रेसको माग

यस्तै, कार्यब्यवस्थाको बैठकमा उपसभामुखले सदन चलाउने विषयमा उठिरहेका प्रश्न र यसबारे सरकारले प्रमुख प्रतिपक्षीसँग किन छलफल गरेन भनेर समेत कुरा उठाउने तयारी गरेको सचेतक भुसालले बताइन् ।

यो पनि पढ्नुहोस ‘सभामुख चयनमा विगतको गल्ती नदोहोरियोस्’

पाँचौं अधिवेशनका लागि सबै तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ ।

सभामा माइक व्यवस्थापन, साउण्ड सिस्टम, लाइटिङ सिस्टम, पानी, बत्ति, प्रत्यक्ष प्रशारण लगायतका सम्पूर्ण तयारी पूरा भएको संघीय संसदका सूचना अधिकारी धमलाले बताए ।

पहिलो बैठकपछि संसदका दोस्रो बैठकहरुमा संसदमा विचाराधीन भएका विधेयक र समितिबाट पारित भएका विधेयकलाई प्रक्रियामा लगिन्छ ।

चौथो अधिवेशनले पारित गरेका ५ वटा विधेयक प्रमाणित हुन बाँकी छ । सभामुख नभएका कारण विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि संसद सचिवालयले पठाउन पाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment